शनिबार, आश्विन १७ गते २०८३

अमेरिकी आर्मी वर्म(फौजी कीरा)द्वारा झापाको मकैमा आक्रमण

फाल्गुण १७, २०७९ बुधबार
अमेरिकी आर्मी वर्म(फौजी कीरा)द्वारा  झापाको मकैमा आक्रमण

झापा। झापा जिल्लाका केही स्थानहरूमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ। झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।

केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिए। ‘ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन’. उनले भने। फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उनले बताए।

वर्षापछि घाम लाग्दा फौजी कीराको जीवनक्र बढी सक्रिय हुने भएकाले मकैखेती गर्ने कृषकलाई सचेत रहन कृषि ज्ञान केन्द्रले आग्रहसमेत गरेको छ। अमेरिकी फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रात्रिचर स्वभावको कीरा हो। भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ। यो कीराले क्षति पुर्‍याएको बिरुवा बढ्दै जाँदा पातमा ससाना प्वाल देखिन्छन्।