बुधबार, भाद्र ३ गते २०८३

सम्पन्न अमेरिकामा किन गर्छन आत्महत्या किसान र सैनिकले

फाल्गुण १५, २०७९ सोमबार
सम्पन्न अमेरिकामा किन गर्छन आत्महत्या किसान र सैनिकले

Suicide in America.png
लोकनारायण सुबेदी
 अमेरिका अहिलेसम्म बिश्वकै एक नम्बरको शक्तिाशाली देश मानिन्छ । दुइ बर्ष अघि २०२१ के त्यहाँको प्रतिब्यक्ति आय ७०,२४८ अमेरिकी डलर थियो । त्यत्रो ठूलो आमदानी भएर पनि सेवा निबृत्त सेना र साना र मझौला किसानहरुको आत्महत्या र आत्महत्याको प्रयास पनि त्यहाँको आज एउटा ठूलो समस्या भएको छ । आवश्यक छैन कि ती आत्महत्याहरु र त्यसका प्रयासशहरु बेघर हुँदा या बित्तीय स्थिति सम्बन्धका कारणले हुन पनि सक्छन् र नहुन पनि सक्छन् । २०२० मा अमेरिकामा आत्म हत्याका कूल ४५७९९ घटनाहरु घटेको तथ्यांक छ ।
 यही फेब्रुअरी महिनाको आरम्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकाको काग्रेसको संयुक्त  सत्रलाई सम्बोधन गरे । त्यस सम्बोधनलाई सञ्चार माध्यमहरुले पनि ब्यापकरुपमा प्रकाशमा ल्याएका थिए । अन्तर्राष्ट्रिय बिषयमा राष्ट्रपतिको त्यो राजनीतिक टिप्पणीहरलाई यता भारतका सञ्चार माध्यमहरुले पनि निकै नै प्रचार गरेका थिए । तर ती भारतका कुनै पनि सञ्चार माध्यमले राष्ट्रपति बाइडेनद्वारा पूर्ब अमेरिकी सैनिकहरुको खराब स्थितिका बारेमा स्पष्टरुपमा ब्यक्त गरिएको चिन्ताको कुनै उल्लेखसम्म पनि गरेका थिएनन् । त्यो सम्वोधनमा कतिपय जुन शिक्षा लिनु पर्ने महत्वपूर्ण  बिषयहरु रहेका छन् तिनबाट बिमुख रहनु नहुने देखिन्छ ।

Solder Suicide.jpg
 खाशगरी बाइडेनले सबैभनदा पहिला अमेरिकाका पूर्ब सैनिकहरुका बीच आत्महत्याको बढ्दो दरको कुरा गरेका थिए ।  उनले भनेका थिए – हामीले एक दिनमा १७ दिग्गजहरुको आत्महत्यालाई मौन  रहेर हेरिरहन  सक्तैनौं । बयोबृद्ध मामिला बिभागको २०२२ को बार्षिक प्रतिबेदन अनुसार पूर्ब सैनिकहरुको आत्महत्या २००१ मा ५,९८९ बाट बढेर २०१७ मा ६७०० सम्म पुगिसकेको थियो । अनि फेरि यो २०१९ घटेर ६२६१ र २०२० मा ६१४५मा झरेको थियो ।
 वास्तवमा राष्ट्रपति बाइडेलने जुन अन्य बिषयहरुमा कुरा गरेका थिए त्यो  पूर्ब सैनिकहरुको ‘आवासहीनता’को कुरा थियो । उनले के भनेका थिए भने उनको सरकाले ‘पूर्ब सैनिकहरुलाई तिनको घरको भाडा दिनमा मद्दत गर्नेछ किनकि त्यस देशमा कसैले पनि बेघरबार रहनु हुँदैन, बिशेषगरी ती मानिसरु जसले अमेरिकाको सेवा गरेका छन्’ ।  अमेरिकी आवास तथा शहरी बिकास बिभाग(एसएडी)द्वारा अमेरिकी काग्रेसलाई सुम्पिएको प्रतिबेदन अनुसार २०२२ मा बेघर पूर्ब सैनिकहरुको संख्या ३३,१३७ रहेको थियो । त्यो संख्या २०१० मा ७४,०८७ पुग्यो जुन २०२० मा  घटेर ३७,२५२ हुन आएको पनि बताइएको छ ।
 अमेरिकामा २०२१मा प्रति ब्यक्ति आय ७०,२४८ अमेरिकी डलर रहेको थियो । त्यत्रो ठूलो आमदानीलाई हेर्दा त्यहाँ हुने आत्महत्या र आत्महत्याका प्रयासहरु पनि एउटा ठूलो अर्थ–सामाजिक समस्याको रुपमा देखिन्छन् । आवश्यक छैन कि यसले के प्रष्ट पनि पार्दछ भने आत्म हत्या या त्यसका प्रयासहरुका पछाडि बेघर हुने या आर्थिक स्थितिसँग मात्रै सम्बन्धित हुन्छन् । २०२० मा अमेरिकामा यस्ता आत्महत्याका घटनाहरुको कूल संख्या ४५,६९९ रहेको थियो । स्वास्थ्यको हेरचाह गर्ने एउटा निजी अमेरिकी अनुसन्धान संस्था ‘कमनवेल्थ फण्ड’ले २०२० को आफ्नो बार्षिक  प्रतिबेदनमा भनेको पाइन्छ कि ‘कुनै पनि सम्पन्न राष्ट्रको तुलनामा आत्महत्याको सबैभन्दा बढी दर अमेरिकामा छ’ । त्यस प्रतिबेदनका अनुसार यो तथ्यांक बृटेनको तुलनामा दोब्बर हो भन्ने उल्लेख छ । 
 आत्महत्याहरुको कारणमा एउटा ठूलो हिस्सा मानसिक बिमारीको उच्च दर, भौतिक पदार्थहरुको बढ्दो उपयोग, लागु पदार्थ उपयोगको बढी मात्रा(ओभर डोज) तथा मानसिक स्वास्थ्योपचारका लागि खर्च गर्ने अक्षमतासँग सम्वन्धित भएको बताइन्छ । यस बिषयमा थप अध्ययन गर्दा के रहस्योद्घानट पनि भएको छ भने अमेरिकामा समेत किसानहरुको आत्महत्या एउटा ठूलो समस्या बन्न पुगेको छ । त्यसका अनेकौ कारणहरु रहेको बताइन्छ ।
 यूएसए टुडेको ९ मार्च २०२० मा प्रकाशित खबरका अनुसार अमेरिकामा किसानहरु प्रायः ठूलो ऋणको बोझले किचिएका छन्, ब्याजको बढ्दो दरका कारण उनीहरु कंगाल हुने घोषणा गरिरहेका छन् । जलवायु परिबर्तनको खतराबाट घेरिएर अनिश्चित भबिष्यका कारण आफ्नो खेत बेचिरहेका छन् अनि  कर र ‘बेलआउट’ अर्थात संकट कोषले घेरिइरहेका छन् । त्यस प्रतिबेदनमा भनिएको थियो कि ‘२०१४–१९ को कालखण्डमा अमेरिकाको ९ वटा राज्यहरुमा ४५० जनाभन्दा बढी किसानहरुले आत्महत्या गरेका थिए । पत्रिकाले थप के पनि भनेको थियो भने यो संख्या अझ बढी हुन सक्तछ । किनभने त्यतिबेला सबै राज्यले यस सम्बन्धि तथ्यांक उपलब्ध गराइसकेका थिएनन् ।
 त्यस पत्रिकाको सर्बेक्षण अनुसार आत्म हत्याको मूख्य कारण २०१४ पछि देखि चिजबस्तुहरु(कमोडिटीज)को मूल्यमा झण्डै ५० प्रतिशतको गिरावट, कृषि ऋण्मा २००७ देखियता लगभग एक तिहाईको उछाल, र १९८० को दशकमा अन्तिम पटक देखिएको स्तरसम्म यो मूल्य तल पुग्नु थियो । यसका अतिरिक्त खराब मौसम पनि यसको एउटा ठूलो कारण थियो । २०१९ मा खराब मौसमले किसानहरुलाई झण्डै २० मिलियन एकड खेतमा बालीनाली लगाउन रोकिदिएको थियो । यसका अतिरिक्त राजनीतिक कारण पनि रहेको छ । ब्यापारिक तनाबका कारण चीनलाई अमेरिकी सोयाबिन(भटमास) निर्यातमा २०१७ देखि २०१८ सम्म ७५ प्रतिशतले कमी आएको थियो ।
 टाइम मेगाजिन नामको एउटा प्रतिष्ठित मानिने पत्रिकाले २७ नोभेम्बरमा लेखेको थियो कि ‘साना खेत भएका सुरम्य अमेरिकी परिबाार’ पिढीयौंदेखि घटदै आएको छ र त्यो अचेल केवल बिदाको शुभकामना कार्डहरुमा मात्र देखिने गरेको छ । उनीहरु बिदेश नीतिबाट उत्पन्न तनाव जस्तो ब्यापार युद्ध, जलवायु परिबर्तन, बस्तुहरुको गिर्दो मूल्य, नयाँ नयाँ प्रौद्योगिकीहरु,भूमण्डलीकरण र कर्पोरेट खेती (जसलाई यान्त्रिक खेती पनि भनिन्छ) जस्ता कुराबाट प्रभावित थिए ।  त्यसको ‘अध्याय १२ कृषिको दिवालियापन’ मा भनिएको थियो कि २०१८ को जुलाईदेखि २०१९ को जूनसम्म मध्य पश्चिममा कृषि दिवालियापन १३ प्रतिशत र उत्तर पश्चिमामा ५० प्रतिशतसम्म बढ्न गएको थियो । यो किसानहरु(गैर–किसानका लागि ‘अध्याय ११ दिबालियापन’को एउटा प्रारुप)का लागि स्वामित्व कायम राख्नका लागि एउटा बिशेष कानुनी प्रावधान हो, त्यसमा शर्त के छ भने तिनले निर्धारित अबधि भित्र आफ्नो आर्थिक स्थितिलाई पुनर्गठित गर्नु पर्दछ । परिणामतः हजारौ हजार साना  किसानहरुले खेतीपाती नै बन्द गरिदिए । किनभने उनीहरुसलाई के लाग्यो भने यस बाटोबाट उनीहरुले आफ्नो ब्यवसायलाई पुनर्गठित गर्न पाउने छैनन् । यसरी अमेरिकाले २०११ र १०१८ का बीचमा १००,००० भन्दा बढी खेत गुमायो । केवल २०१७  र १०१८ बीचमा यसको संख्या १२००० रहेको थियो । बेलायतको गार्जियन नामको पत्रिकाले ६ मार्च २०१८ मा लेखेको थियो कि यस समस्याको जड ‘फ्याक्ट्री फार्मिङ्ग’मा छ जसलाई हामी ‘कर्पोरेट खेती’ भन्ने गर्दछौं । स्मरण रहोस् भारतका किसान २०२०÷२१ म यस्तो कर्पोरेट खेती रोक्न ठूलो आन्दोलनमा खडा भएर १३ महिनासम्म आन्दोलन चलाएका थिए । 
 अमेरिकामा १९७० मा यो शुरु भएको थियो जतिबेला तत्कालीन अमेरिकी कृषि सचिव अर्ल बुट्जले ठूलो आकारका खेतहरुको बिचार अघि बढाएका थिए र साना किसानहरुलाई भनेका थिए कि उनीहरुले ठूलो खेतको बिचारलाई अबलम्बन गरुन् या खेती ब्यवसायबाट बाहिर निस्कुन् । त्यसमा भनिएको थियो कि तत्कालीन राष्ट्रपति रिचार्ड निक्सनले उनलाई पर्डयूकाे कृषि बिभागबाट बाहिर निकालेर अमेरिकी कृषि बिभागमा नियुक्ति दिएका थिए ।

Soldiers suiside.jpg
 एउटा गैर मुनाफामा चल्ने ‘जलवायु  समाधान’ संगठन ‘ग्रिस्ट’ले ९ फेब्रुअरी २००८ मा भनेको थियो कि अर्ल बु्ट्ज ‘अति कुशल,केन्द्रिकृत खाद्य प्रणाली चाहन्थे जसले ‘मध्यपूर्ब मकै र भटमासको भण्डारको माध्यमबाट बिश्वलाई लाभप्रद हुन र सस्तोमा खुवाउन सकोस्’ । यो आश्चर्यको कुरा थियो कि त्यतिबेला बुट्ज राल्स्टन, पुरीना, जस्ता बिभिन्न ‘एग्रीबिज’ निगमहरुको बोर्डका सदस्यकारुपमा सेवा दिइरहेका थिए । उनले यस आलोचनालाई  खारेज गरिदिएका थिए कि उनको कर्पोरेट कनेक्सनले सरकारले उनको नीति निर्णयसँग सम्झौता गर्नेछ  ।

 यो कुरा सुनेर कयौ किसानहरुले ठूलो ऋण लिए र आफ्नो उत्पादनको बिस्तार गरे । यद्यपि ततकालीन सोभियत संघका बिरुद्ध अमेरिकी राष्ट्रपति जिमी कार्टरको १९८० को अनाज प्रतिबन्ध गर्ने निर्णयले किसानहरुको त्यस कार्यक्रमलाई ठूलो धक्का लाग्यो । जसले गर्दा रातारात किसानहरुको आय समाप्त भएर गयो ।यसका साथै उच्च ब्याजदरले गर्दा किसानको लागत बढाइदियो र पारिबारिक खेतीका लागि पनि ऋण बोझ बढ्न गयो । जमिनको मूल्य घट्यो र बैंकहरुले किसानको सम्पत्ति लिलाम गर्न शुरु गरिदिए । स्वतन्त्र खेतीपातीमा लागेका यी हरेक धक्काले ठूला निगमहरु कृषि क्षेत्रमा आउने बाटो खोलिदियो । त्यो पत्रिकाका अनुसार १९९० मा साना र मध्यम आकारका खेतहरुले त्यो देशमा सम्पूर्ण कृषि उत्पादनको झण्डै आधा जसो उत्पादन गरेका थिए । त्यसपछि त यो एक चौथाईभन्दा पनि कम हुन पुग्यो । जब साना खेतहरु समाप्त पारिए खेती किसानी गर्ने किसानहरुको जीवनलाई मद्दत गर्ने स्थानीय ब्यवसायहरु पनि चौपट हुन पुगे । स्थानीय बिउ तथा उपकरण आपूर्ति गर्ने आपूर्तिकर्ताहरुका पसलहरु बन्द हुन गए । किनभने अब कर्पोरेट थोक बिक्रेताहरु तथा निर्माताहरुबाट ती सबै बस्तु बेचिन र किनिन थालियो ।

Farmersucide.jpg
 यस क्रममा स्थानीय पशु चिकित्सकहरुको माग पनि तल खस्कियो । जति जति यी सबै ब्यवसायहरु बन्द हुँदै गए, समुदायहरु खुम्चिए । पसलहरु, होटल–रेस्टुराँहरु र चिकित्सहरुको सर्जरी गर्ने कार्यहरु पनि बन्द गरियो । मानिसहरुले के पाए भने अब उनीहरुले आफ्नो उपचारका लागि  चिकित्सक भेट्न पनि एक दुइ घण्टा या त्योभन्दा पनि बढी समय गाडीमा दौडिनु पर्ने भयो । ग्रामीण बजारहरु र काउण्टीहरुले एम्बुलेन्स साझा गर्नु पर्ने भयो ।
 किसानहरुको यसरी दिवालिया निस्किदै गएपछि नोकरी शुरु गर्ने कयौं खेत मालिकहरू पनि बाहिरतिर गए । कम तलब पाउने प्रबासी श्रमिकहरु पनि बाहिरबाट ल्याउन थालियो । यी सबै घटना क्रमहरु त्यो पाठ्य पुस्तकको कथा जस्तो थियो कि पूँजीवादी माटोले श्रमिकलाई मार्दछ । जुन कुरा  बिश्व प्रसिद्ध परिबर्तनकामी दार्शनिक कार्ल मार्क्सले कुनै बेला जस्तो भनेका थिए ठिक त्यस्तै घटना घटिरहेको देखिन्छ ।