शनिबार, कार्तिक ८ गते २०८३

लक्ष्मी महिला साकोसद्वारा सहकारी शिक्षा कार्यक्रम

फाल्गुण १०, २०७९ बुधबार
लक्ष्मी महिला साकोसद्वारा सहकारी शिक्षा कार्यक्रम

 

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कालिका देवी समुहमा सदस्य बिस्तार एवं सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाको शिक्षा उपसमिति संयोजक सर्मिला अधिकारीको संयोजकत्वमा भएको हो । अध्यक्ष मैया महत, संचालक समिति सदस्य अनिता कुइँकेल, शिक्षा समिति सदस्य मदन महतको उपस्थित रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीद्वारा सहभागिहरूलाइ प्रशिक्षण गरिएको थियो । कार्यक्रम ब्यबस्थापन संस्थाका सहयोगी जमुना बस्नेतले गरेकी थिइन् ।

प्रशिक्षक रायमाझीले सहकारीको अर्थ सिद्धान्त एवं मूल्य मन्यताको बारेमा प्रष्ट पार्दै सहकारीको आवश्यकता, यस्का सबल पक्ष र कमजोरीहरुका हेर्ने दृष्टिकोणका बारेमा सदस्यहरुलाइ जानकारी गराएका थिए । संस्थाको प्रारम्भदेखि हालसम्मको वित्तीय अवस्थाको विश्लेषण साथै संस्थाले दिएको वित्तीय सेवा बाहेक थप सुविधा र सामुदायिक उत्तरदायित्वका सम्बन्धमा पनि छलफल गरिएको थियो । 

सहभागीहरूलाइ बजारमा देखिएका ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा र जोखिम निम्त्याउने अप्त्यारिला र भड्किलो ब्याजदरमा मात्र आकर्षित  नभइ समुदायमा आधारित भएर चल्न सक्ने संस्था छनौट गर्न सुझाइएको थियो।

laxmi mahila 2.jpg