आइतबार, कार्तिक ९ गते २०८३

काभ्रेमा सहकारीका अध्यक्ष र व्यवस्थापक प्रमुखहरुको गोष्ठी आयोजना

माघ २८, २०७९ शनिबार
काभ्रेमा सहकारीका अध्यक्ष र व्यवस्थापक प्रमुखहरुको गोष्ठी आयोजना

जिल्ला सहकारी संघ काभ्रेको आयोजना र सीएमसी काभ्रेको व्यवस्थापनमा  जिल्लास्तरीय गोष्ठी धुलिखेलमा सम्पन भएको  छ । संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षता एंव भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीको उद्घाटन गर्दै मन्त्री राईले सहकारी मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटो भएको बताए । सहकारीले कति  गरिवी घटायो  र सदस्यको आयस्तरमा कति वृद्धि गर्यो भन्ने विषयले नै सहकारीको महत्व राख्ने उनले बताए । सामूहिक लगानी,  सामूहिक उत्पादन र सामूहिक  वितरणको मोडेल सहकारी भएको भन्दै मन्त्री राईले ग्रामिण अर्थतन्त्रको जग सहकारीले बसालेको उल्लेख गरे । समाजवादमा जाने माध्यम नै सहकारी भएको बताउदै उनले मुल्य,मान्यता र सिद्धान्त अनुरुप सहकारीलाई अगाडी बढाउन आग्रह गरे ।

त्यसैगरी गोष्ठीमा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेतले सहकारीको वर्तमान समस्या कसरी समाधान गर्न सकिन्छ भनेर महासंघ लागि परेको बताए । सन्दर्भ व्याजदरलाई स्वाचालित बनाउन, कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण तत्काल कार्यान्वनमा ल्याउन उनले जोड दिए । सहकारी संस्थाहरुले  प्रर्वद्धन कोषमा जम्मा गरेको रकम मन्त्रालयले फिर्ता  गरिदिए संघहरु सञ्चालनमा सहयोग पुग्ने उनले बताए । सहकारी संस्थाहरु पारदर्शि ढंगले सञ्चालन गर्नु पर्नेमा उनको जोड थियो ।  सहकारीमा सदस्यले गरेको बचत कि तमसुक वा कित बैंकमा हुनुपर्यो उनले भने, ‘त्यो छैन भने किन सहकारी चलाएको ?वितीय टुल्स भित्र सहकारी संस्था रहेर कारोवार गर्नुपर्छ ।’

kavraw2.jpgगोष्ठीमा संघका अध्यक्ष शर्माले जिल्ला संघको वारेमा प्रस्तुतिकरण गर्दै  सहकारी संघसंस्थाहरुमा वर्तमान अवस्थामा  देखिएको तरलता व्यवस्थापनको समस्या, ऋण असुलीको समस्या र सहकारी संघसंस्थाहरुको छविलाई कायम राख्न नेतृत्व र व्यवस्थापन एकजुट हुनुपर्ने महशुस गरी यो गोष्ठीको आयोजना गरिएको बताए । आर्थिक मन्दीले उत्पन्न संकटको अवस्थामा सहकारी अभियानलाई सुदृढ रुपमा अगाडि बढाउन र सहकारी संघसंस्थालाई दीगो रुपमा अघि बढाउन गोष्ठी फलदायी हुने  उनको भनाई छ  । अध्यक्षले निर्नय गर्ने र व्यवस्थापकले कार्यान्वन गर्ने हुदाँ सहकारी संस्थाहरुमा सुधार आउने अपेक्षाका साथ अध्यक्ष र व्यवस्थापक  सहितको गोष्ठी आयोजना गरिएको उनले बताए ।

kavre 1.jpg

गोष्ठीमा सहकारी विज्ञ डा. शिवजी सापकोटाले सहकारीको अवस्था र आगामी कार्यदिशा, सहकारी बैंकका कार्यक्रम अधिकृत बल्लभ तिमल्सिनाले सहकारीमा संकट व्यवस्थापन र बागमती प्रदेश उधोग, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव बलराम निरौलाले सहकारी ऐन नियमका बारेमा प्रस्तुतिकरण गरेका थिए । गोष्ठीमा जिल्लाभरका ११० जना भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । अहिलेको वितीय संकटका वेलामा आयोजना गरिएको गोष्ठी उपलब्धीमूलक भएको सहभागीहरुले बताए । “संकट न्यूनीकरणका लागि सहकारी मान्यता र मापदण्डको पूनरावृत्ति’’ भन्ने उदेश्यका साथ गोष्ठीको आयोजना गरिएको हो ।