बागमती प्रदेशको सहकारी मन्त्रीमा डम्बर तामाङ नियुक्त भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धादिङ क्षेत्र नं २ ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित को पर्यटन उद्योग तथा सहकारी मन्त्रालय सम्हालेका हुन् ।
मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदका सदस्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । गठबन्धनमा भएको सहमतिअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले क्रमशः ४–४ र राप्रपाले ३ मन्त्रालय पाएको छ । मन्त्रिपरिषदको कार्यविभाजन यसप्रकार रहेको छ ।
१. शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. जगन्नाथ थपलिया, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
३. उद्धव थापा, मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
४. गंगा नारायण श्रेष्ठ, मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
५. कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय
६. युवराज दुलाल, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
७. केशव प्रसाद पोखरेल, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
८. रामेश्वर श्रेष्ठ,मन्त्री, स्वास्थ्य मन्त्रालय
९. एका लाल श्रेष्ठ, मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
१०. डम्बर तामाङ, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११. राजु विष्ट, मन्त्री, वन तथा वातावरण मन्त्रालय