चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले नायब प्रमुख कार्यकारी अधिकृतमा कवीन्द्र धौबञ्जारलाइ नियुक्त गरेको छ । संस्थाले धौबञ्जारलाइ २ वर्षको लागि उक्त पदमा युक्त गरेको हो ।
एक औपचारिक कार्यक्रमका बीच संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले नायब सिईओ धौबञ्जारलाइ नियुक्ती पत्र हस्तान्तरण गरेका थिए ।
धौबञ्जारसँग विभिन्न सहकारी संघसंस्था, बैंक तथा वित्तीय संस्था एवं निजी कम्पनीमा काम गरेको लामो अनुभव रहेको छ । यस अघि उनी भक्तपुरको सामुहिक बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक रहेका थिए ।
