शनिबार, कार्तिक ८ गते २०८३

एकता बहुउद्देश्यीय सहकारी संस्थाले १९ औं साधारणसभा सम्पन्न

माघ ४, २०७९ बुधबार
एकता बहुउद्देश्यीय सहकारी संस्थाले १९ औं साधारणसभा सम्पन्न

एकता बहुउद्देश्यीय सहकारी संस्थाले १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा संस्थाकी अध्यक्ष छमकला बुढाथोकीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अर्थतन्त्रमा आएको मन्दीका कारण सहकारी संस्थाहरूले ठूलो चुनौति भोग्नु परेको बताउँदै तरलता व्यवस्थापनमा राज्यले सघाउनुपर्ने बताइन् । केहि सहकारीमा तरलता अभाव रहेपनि अधिकांश सहकारीहरूले आफ्ना सदस्यहरूलाइ नियमित सेवा प्रदान गर्दै आएको उनको भनाइ छ । 

आर्थिक वर्ष २०७८।७९ को असार मसान्तसम्म संस्थाको शेयरपुँजी ७.८३ प्रतिशतले वृद्धि भइ २ करोड २३ लाख ८१ हजार पुगेको उनले जनाइन् । त्यसैगरी संस्थाको जगेडा तथा अन्य कोषहरूमा १ करोड २२ लाख, बचत संकलन २३ करोड ८० लाख र ऋण लगानी १६ करोड ६० लाख पुगेको छ । संस्थाले महिला लघुवित्त कार्यक्रम मार्फत ५ करोड ७८ लाख लगानी गरेको हो । संस्थाले त्यस अवधिमा ३१ लाख १८ हजार मुनाफा आर्जन गर्न सफल भएको छ। संस्थाको दीगो संस्थागत विकासका लागि सुशासनलाइ अपरिहार्य ठानी त्यसलाइ प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको अध्यक्ष बुढाथोकीले बताइन् । 

संस्थाले सदस्यहरूलाइ प्रविधिसँग जोड्न मोबाइ बैंकिङ सञ्चालनमा ल्याएको छ । संस्थाले यस आ।व।मा सदस्यलाइ प्रदान गरिने सेवा गुणात्मक वृद्धि गर्न बचत संकलनका नयाँ योजना ल्याउने, उत्पादनका क्षेत्र पहिचान गरी लगानी गर्ने, लघुवित्तमा आवद्ध महिला नेतृत्वलाइ आवश्यकताअनुसारको तालिम दिने भएको छ । 

ekata multi 2.jpg