काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून)को १९औं साधारणसभामा दुई प्यालनबीच भीडन्त हुने भएको छ । नयाँ सञ्चालक समितिको चयन हुने यो साधारणमा अध्यक्ष दिपक पनेरु र नवराज अर्याल दुई पक्ष प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । पनेरु कास्कुनका बर्तमान अध्यक्ष हुन् भनेन र अर्याल उपाध्यक्ष हुन् । पनेरु एमाले निकट सहकारीकर्मी हुन् भने ने.क.पा.(एस) निकट अर्याललाई चारवटा पार्टीको समर्थन रहेको छ ।
अर्याल प्यानलबाट बरिष्ठ उपाध्यक्षमा निरञ्जन सेढाइ, महिला उपाध्यक्ष रीता श्रेष्ठ महा सचिवमा सीमा पुरी सचिवमा पुरुषोत्तम नेपाल, कोषाध्यक्ष सुवासचन्द्र घिमिरेले उम्मेदवारी दिएका छन्।
त्यसैगरी सदस्यमा राजेश कुमार श्रेष्ठ, खिलनाथ सिग्देल, अनन्त केसी, पुष्कर सापकोटा, रोशनबाबु श्रेष्ठ, दामोदर लम्साल, कृष्णप्रसाद आचार्य, श्रीराम केसी र मनबहादुर तामाङले उम्मेदवारी दिएका छन् । त्यसैगरी लेखा संयोजकमा अनिता थापा अधिकारी र सदस्यमा पुण्यप्रसाद सापकोटा दामोदर पौडेलको उम्मेदवारी परेको छ । अर्यालको प्यानलमा नेपाली कांग्रेसलाई ८, नेकपा माओवादी केन्द्रलाई ४, राप्रपालाई २ र नेकपा समाजवादीलाई ४ सिट बाँडफाड गरिएको बुझिएको छ ।
त्यस्तै पनेरु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा शालिकराम पुडासैनी, महिला उपाध्यक्ष बिनिता अधिकारी, महा सचिवमा बिरेन्द्र भण्डारी, सचिवमा लेमन श्रेष्ठ , कोषाध्यक्ष देवनारायण चौलागाईले उम्मेदवारी दिएका छन् । त्यसैगरी सदस्यमा गोवर्धन केसी, राजकुमार लामा, रामेश्वर श्रेष्ठ, मुरारी भण्डारी, मनोज घिमिरे शेखर श्रेष्ठ, जयराम तिमिल्सिना, श्याम श्रेष्ठ र मिरा महर्जन रहेका छन् । यसै प्यानलको लेखा समितिको संयोजकमा गोमा ढुङ्गाना तथा सदस्यहरुमा तपन पोखरेल र बाबुराम आचार्यले उम्मेदवारी दिएका छन् ।