राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सहकारीलाई अप्ठ्यारो पार्ने कानुनहरु संशोधनका लागि सहजिकरण गर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको ३०औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले भने ‘सहकारी ऐनमा के चाहियो र के–के व्यवस्था हुनुपर्ने हो ? विधेयक प्रस्ताव गराउनुस् ।’
उनले विधेयकको रुपमा सांसदहरुबाट आए आफुले सहयोग गर्ने जनाए । ‘सकेसम्म विधेयक दर्ता गराउनुस्, नभए गैर–सरकारी विधेयक भएपनि ल्याउनुस् । विधेयक दर्ता भइसकेपछि सरकासरसँग लबिइङ्ग गर्ने, छलफल गर्ने काम गर्न सकिन्छ । तपाईंहरु पनि कानुन निर्माता हुनुहुन्छ । पास गर्ने बेलामा संसदले गर्छ तर निर्माण गर्ने, त्यसलाई समृद्ध बनाउने र संस्थाको हित अुनकूल बनाउने काम तपाईंहरुको हो ।’
‘धेरै ऐनहरु व्यक्तिका हित अनुकूल बन्छन्, देशको हित अनुकूल बन्दैनन् ।’ उनले थपे, ‘तपाईंहरुले पनि ब्यक्तिको अुनकूलतामा नभई संस्थाको अनुकूल हुनेगरी बनाउन तर्फ लाग्नुस् । विधेयक समितिमा गएपछि प्रस्तुतकर्ता र संशोधनकर्ताले राय राख्न पाउनुहुन्छ र कुन–कुन बुँदा थप्ने वा हटाउने भनेर टुंगो लगाउने सकिन्छ ।’
त्यसैगरी तीनखम्बे अर्थनीतिमा सहकारी समेटिए पनि अर्थतन्त्रमा सहकारीको अंश कमजोर रहेको तिमल्सिनाले उल्लेख गरे । ३ खम्बे अर्थनीति भन्ने तर एउटा चराको त अर्को हात्तीको खुट्टा जस्तो भयो । उनले थपे, ‘देशको आर्थिक समृद्धिको लागि ३ वटा खम्बा सँगसँगै बलियो भएर जानुपर्छ । त्यो बनाउन सरकारको नीति तथा कार्यक्रम आउनुपर्छ र सोही अनुसार बजेट व्यवस्था हुनुपर्छ ।’
अभियानले अग्रसरता देखाएर अर्थमन्त्री, प्रधानमन्त्री र गरिबी निवारण लगायतका निकायहरुसँग छलफल गरेर सहकारीलाई पनि नीति कार्यक्रममा समेट्न लाग्नुपर्ने उनको सुझाव छ । खर्बौंको बचत परिचालन गरेको सहकारी अभियानमा समस्या आएको छ, यसको संरक्षणको वातावरण बनाउने कुरा राज्यको हो । कि सहकारी ठिक छैन भन्नुप¥यो कि गुनासो नआउनुे गरी कार्यान्वयनमा जानुप¥यो ।’ उनले भने ।
देशको आधा जनसंख्या सहकारीमा जोडिएकाले गरिबी न्यूनिकरण, आर्थिक विकास, कृषि उत्पादकत्व वृद्धि र न्यायोचित वितरणका लागि सहकारीको महत्व रहेको उनको भनाई छ ।
सहकारीमा ५६ प्रतिशत महिला सहभागिता रहेपनि नेतृत्वमा उनीहरुको हिस्सा बढाउन आवश्यक रहेको उनले बताए । महिलाहरुलाई अवसर दिएपछि क्षमता अभिवृद्धि गरी नेतृत्वमा जाने आफुपनि लाग्नु पर्ने उनको भनाई छ । सहकारीमा देखिएको विकृतिलाई न्युनिकरण गर्न महासंघले भूमिका बढाउनुपर्ने भन्दै उनले आफु मातहतका सहकारीको निगरानी बढाउनुपर्नेमा जोड दिए । कतैकतै चक्रवृद्धि ब्याज असुली भइरहेको समेत सुनिएको भन्दै उनले त्यतातिर ध्यान पु¥याउनुपर्ने जनाए ।
बचत गरेर ब्याज खान मात्र नलागी उत्पादनमुखी काममा सहकारी संस्थाहरु लाग्नुपर्ने उनको भनाई छ । उनले भने ‘उत्पादन, उपभोग, ढुवानी र बजारीकरण सबैमा सहकारी जोडिनुपर्छ । यसो भएमा मात्र बिचौलियाको अन्त्य हुन्छ । माटोदेखि मुखसम्म सहकारी जोडिए भने मात्र उत्पादकले राम्रो आम्दानी पाउँछन्, उपभोक्ताले सहुलियत दरमा उपभोग गर्न पाउँछन् ।’
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले ४ दर्जनभन्दा बढी ऐनले सहकारी क्षेत्रलाई उत्पादन र बजारीकरणमा जान अप्ठेरो पारेको बताए । सहकारी ऐनका कतिपय बुँदा र ती ऐन संशोधन भएका सहकारीले सबै क्षेत्रमा काम गर्न बाटो खुल्ने उनले बताए ।