आइतबार, कार्तिक ९ गते २०८३

एम्स साकोसको छैठौं साधारणसभा सम्पन्न, अध्यक्षमा ढुंगाना निर्वाचित

पौष २५, २०७९ सोमबार
एम्स साकोसको छैठौं साधारणसभा सम्पन्न, अध्यक्षमा ढुंगाना निर्वाचित

 

एम्स बचत तथा ऋण सहकारी संस्थाले छैठौं साधारणसभा सम्पन्न गरेको छ । 

सभाले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । नयाँ समितिको अध्यक्षमा पुनः निरोजप्रसाद ढुंगाना चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा सुकदेव रिमाल, सचिवमा दिनेश बिष्ट, कोषध्यक्षमा गोविन्द कुमार सिंघानिया, सदस्यहरुमा दीपा अधिकारी, कृष्णदेवी महर्जन र राजेश सापकोटा चयन भएका हुन् । 

त्यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सञ्जिव सुवेदी तथा सदस्यहरुमा सन्दिप पोखरेल र सम्बर बहादुर राई चयन भएको संस्थाले जनाएको छ । 

संस्थाका अध्यक्ष निरोजप्रसाद ढुंगानाको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा प्रतिवेदन पारित गरेको छ । संस्थाले गत असार मसान्तसम्ममा शेयरपुँजी ५ करोड १० लाख, बचत संकलन १७ करोड गरेकाे छ भने २१ करोड ८३ लाख कर्जा लगानी गरेको छ ।