काठमाणडाैकाे चन्द्रागिरि नगरपालिकामा रहेकाे देव दर्शन बचत तथा ऋण सहकारीले संस्थाले १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बागमती प्रदेश, सहकारी विभागका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रामनारायण घिमिरेको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
रजिष्ट्रार ज्ञवालीले साधारण सदस्यको पुँजीलाई कसरी सदस्यकै हितमा परिचालन गर्न सकिन्छ भनेर देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले नमूना प्रदर्शन गरेको बताए । उनले संस्थाले व्यक्ति, व्यक्तिले संस्था नचिनेका कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताए । संस्थाभित्र सुशासन र पारदर्शिता एवं सामूहिक प्रयासबाट यस्ता समस्या हटाउन सकिने विचार व्यक्त गरे ।
सभालाई सम्बोधन गर्दै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको समृद्ध चन्द्रागिरि बनाउने नगरपालिकाको सपनालाई सार्थक बनाउन सहकारी संस्थाको भूमिका अहम् हुने बताए । त्यसैगरी उपमेयर वसन्ती श्रेष्ठले उत्पादन अभिवृद्धि गर्न सहुललियत दरमा ऋण प्रवाह गर्ने नीति नगरपालिकाले लिएको जनाउँदै आयआर्जन गर्न नगरबाहिर जानुनपर्ने अवस्था सिर्जना गर्न नगरपालिकाले आयआर्जनलाई उत्पादनसंँग जोडेर कार्यक्रम सञ्चालन गर्न लागेको जनाइन् ।

सभामा अध्यक्ष घिमिरेले आव २०७८।७९ को वार्षिक प्रतिवेदन, लेखा संयोजक विमलविक्रम बानियाँले लेखा प्रतिवेदन पेश गरेका थिए भने, उपाध्यक्ष बेलीमैया घले र सञ्चालक समिति सदस्य नानु थापाले संस्थाका गतिविधिका बारेमा जानकारी दिएका थिए ।
संस्थाले आर्थिक वर्ष २०७८।७९ मा मा रु ९६ लाख २० नाफा आर्जन गरेको छ । संस्था आ.व. २०७८।७९ सम्ममा कुल कारोबार एक अर्ब १७ करोड ६५ लाख ७४ हजार, बचत संकलन एक अर्ब छ करोड ५६ लाख, सेयर पुँजी चार करोड २७ लाख पुगेको छ । संस्थाले २०७९।८० सेयर पूँजी ५ करोडे, निक्षेप सङ्कलन रु एक अर्ब २७ करोड र कर्जा लगानी एक अर्ब २१ करोड पु¥याउने लक्ष्य लिएको छ ।
सभामा एसईई परीक्षामा सर्वेत्कृष्ट अङ्क प्राप्त गर्ने अर्पिता गौतम र विशाल गोपालीलाई ‘देव दर्शन अवार्ड’ प्रदान गरिएको थियो । त्यसै अवसरमा शिक्षा क्षेत्रका उन्नयनमा योगदान गरेकोमा समाजसेवी सुरेन्द्रबहादुर खड्कालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।