आइतबार, कार्तिक ९ गते २०८३

सहकारी बैंकको १९औं साधारण सम्पन्न, उप्रेतीकाे अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

पौष १८, २०७९ सोमबार
सहकारी बैंकको १९औं साधारण सम्पन्न, उप्रेतीकाे अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

 

राष्ट्रिस सहकारी बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले के.बि. उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । 

संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट राममहादुर जीसी, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् । त्यसैगरी खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज बिष्ट, मनोजकुमार थापामगर निर्वाचित भएका छन् । बैंकको महिला सञ्चालकहरुमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा निर्वाचित भएका हुन् । 

लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली निर्वाचित भएका हुन् । बैंकद्वारा आज आयोजित क्षेत्रगत साधारणसभाको निर्णय प्रमाणिकरण तथा सभा समापन समारोहमा नवनिर्वाचित् सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समिति सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा सभा समापन कार्यक्रम गरिएको हो । कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डित लगायतको आतिथ्यता रहेको थियो । 

बैंकले गत शनिवार सातै प्रदेशमा एकैपटक इकाइगत साधारणसभा सम्पन्न गरेको थियो ।