बुधबार, भाद्र ३ गते २०८३

प्रभु लाइफ इन्स्योरेन्सद्धारा बीमित परिवारलाई २० लाख दाबी भुक्तानी

पौष १७, २०७९ आइतबार
प्रभु लाइफ इन्स्योरेन्सद्धारा बीमित परिवारलाई  २० लाख दाबी भुक्तानी

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । पुस २८ गते प्रभु लाइफमा २० लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप १ लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम ९बीमा शुल्क० बुझाउने समय अगावै मृत्यु भएको थियो । 

प्रभु लाइफले बीमित स्वर्गीय गणेश विश्वकर्माकी श्रीमती सन्तमाया मगर र निजका बुबा धनबहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए ।

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए । जसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास लिएका छौं, प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले बताए । 

दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मे