आइतबार, कार्तिक ९ गते २०८३

साधारणसभा नगर्ने सहकारीले बचत संकलन र ऋण प्रवाह गर्न नपाउने

पौष १३, २०७९ बुधबार
साधारणसभा नगर्ने सहकारीले बचत संकलन र ऋण प्रवाह गर्न नपाउने

बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नियमित रुपमा वार्षिक नगर्ने सहकारीलाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाएको छ । सहकारी संघरसंस्थाहरुलाई ३ बुँदे नयाँ निर्देशन जारी गरेको छ । 

निर्देशन अनुसार नियमित रुपमा वार्षिक नगर्ने सहकारीलाई बचत संकलन र ऋण प्रवाहमा गर्न नपाउने भएका हुन् । त्यसैगरी सार्वजनिक बिदा बाहेक अन्य दिनमा संस्थाको कार्यालय बन्द नगर्न पनि निर्देशन जारी गरेको छ । 

केही सहकारी संस्थाहरुले आफूखुसी कार्यालय बन्द गरेको गुनासो आएपछि मन्त्रालयले सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न निर्देशन दिएको हो । 

त्यस्तै मुख्य कारोबार गर्ने सहकारी संघसंस्थाहरुले बाहेक अन्य सहकारीले बचत तथा ऋणको मुख्य कारोबार गरेको पाइएको भन्दै प्रचलित सहकारी ऐन, नियममा भएको व्यवस्था बमोजिम आफ्नो कारोबारको अनुपात मिलाउन समेत निर्देशनमा भनिएको छ ।