शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकले एकैसाथ थप्यो पाँचवटा शाखा

पौष १०, २०७९ आइतबार
राष्ट्रिय वाणिज्य बैंकले एकैसाथ थप्यो पाँचवटा शाखा

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक पाँच वटा शाखा कार्यालय थप गरेको छ । नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यलय रसुवा को शनिवार उद्घाटन गरिएको छ ।  यससँगै देशभर बैंकका २६४ वटा शाखा पुगेका छन् । 

ताप्लेजुङ्ग शाखाको बैंक सञ्चालक दिलिप कुमार ढुङ्गाना, तेह्रथुममा म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, धुलावारीमा झापा १ ख का प्रदेश सांसद माननीय गोपाल तामाङ्ग, मलगंवामा सर्लाही २ ख का प्रदेश सांसद माननीय कौशल किशोर दास र रसुवामा रसुवा ख का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार शाखा कार्यालह उद्घाटन गरेको हुन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको उल्लेख गरे । 

बैंकको २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग सेवा पुगेको छ ।