उदयपुर, बेलटार । लामो समदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा कृयाशील रहेका र नेपाल कम्युनिष्ट पार्टी उदयपुर जिल्लाको जिल्ला कमिटी तथा राष्ट्रिय परिषदको समेत सदस्य समेत रहेका कमरेड मन्दिल श्रेष्ठको आज बिहान अचानक आफ्नै गृह जिल्ला उदयपुर बेलटारमा देहावसान भएको छ ।
अस्ति बेलुकासम्म देशको बिग्रँदो राजनीतिक स्थिति र अन्य बिषयमा कुराकानी गरिरहेका कमरेडको एकाएक निधन भएको खबरले स्तब्ध भएको उनका निकटस्थ हरि राउतले बताएका छन् । उनलाई हृदयाघात भएको हुनसक्ने शंका गरिएको छ । श्रेष्ठको अन्तिम संस्कार आफ्नै पूर्ख्याैली घर र बन्धुबान्धव भएको धुलिखेलमा गरिएको पारिवारिक सुत्रले जनाएको छ ।
दिवंगत मन्दिल कवि हृदयको र सामाजिक कार्यकता पनि रहेका थिए ।