चीन पछिल्लो समय एकाएक कोभिड – १९ को नयाँ भेरिएण्टको बढ्दो प्रकोपको चपेटामा परेको छ । त्यसले गर्दा बिश्वको बाँकी भागमा पनि कोरोना फैलिन सक्ने खतराको सन्त्रास फैलिएको छ । नयाँ खतरनाक कोरोना भेरिएण्टको प्रबृत्तिको अध्ययन गरिरहेका बिशेषज्ञहरुले नयाँ बर्ष सन् २०२३ को आरम्भ हुन लाग्दा २०२२ को अन्तिम महिना डिसेम्बरमा शुरु भएको यो संक्रमम महामारीले आगमी ९० दिन भित्र १० लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्ने भबिष्यबाणी गरिरहेका छन् । ती महामारी बिज्ञका अनुसार यसले चीनको ६० प्रतिशत र बाँकी बिश्वको १० प्रतिशत जनसंख्या चपेटामा पर्ने सम्भावना रहेको पनि बताएका छन् ।
यो नयाँ संकट बिश्वलाई पुन: नराम्रोसँग हल्लाउन सक्छ कुनै पनि देश यसको चपेटाबाट अछूतो रहन नसक्ने कुरा तीन बर्ष पहिले चीनको वूहानबाट शुरु भएको यसको प्रकोप पछिको अनुभवले प्रष्ट पारेको पनि औंल्याइएको छ।
अहिलेको एकाएक चीनमा आएको यो नयाँ भेरिएण्टको संक्रमण पछि यसको संक्रमणको उछाल जापान, दक्षिण कोरिया, ब्राजिल र अमेरिकामा पनि देखिएको छ । तीन दिन अघि भारतमा पनि यो पछिल्लो भेरिएण्टका चार जना रोगी भेटिएको समाचर प्रकाशमा आएको छ ।