काठमाण्डौ । नेपाल सरकारले भारतका बिभिन्न १६ औषधी कम्पनीको सूची बनाएर तिनले उत्पादन गर्ने औषधीको आयातमाथि प्रतिबन्ध लगाएको छ । ती औषधीहरु बिश्व स्वास्थ्य संगठनका नियम पालना गरेर नबनाइएको बताइएको छ । त्यस्ता औषधीहरु बनाउने कम्पनीमा प्यारासिटामोल इञ्जेक्शन बनाउने कम्पनी र पतञ्जलीका उत्पादन बनाउने दीब्य फार्मेसीको समेत नाम रहेको बताइएको छ ।
नेपालका बिशेषज्ञहरुको एक टोलीले गएको जुलाई महिनामा ती भारतीय कम्पनीहरुद्वारा उत्पादन गरिने गेरका औषधीहरुको गुण स्तर बिश्व स्वास्थ्य संगठनका नियमानुसार छन् किन छ्रैनन भन्ने निरीक्षण गर्न भारत गएर हेरेका थिए । तीमध्येका रेडियण्ट प्यारेण्टल्र्स लिमिटेड, दीब्य फार्मेसी, मर्करी ल्याब्रोटरीज, एलायन्स बायोटेक, केपटेब बायोटेक्स, एग्लोमेड लिमिटेट, डेफोडिल फर्मास्युटिकल्स, जीएलएस फर्मा, यूनियजुल्स लाइफ साइन्स, कन्सेष्ट फार्मास्यूटिकल्स आदि रहेका छन् ।