शनिबार, आश्विन १७ गते २०८३

चीनमा पुन: कोरोनाको नयाँ भेरिएण्ट फैलिदै, सतर्कता अपनाउन आवश्यक

पौष ७, २०७९ बिहीबार
चीनमा पुन: कोरोनाको नयाँ भेरिएण्ट फैलिदै, सतर्कता अपनाउन आवश्यक

काठमाण्डौ । चीनको राजधानी बेइजिङ्ग लगायत बिभिन्न स्थानमा कोरोनााके नयाँ भेरिएण्ट ब्यापकरुपमा फैलएिको र त्यसले जनतामा सन्त्रास फैलिएको समाचारहरु आइरहेका छन् ।चीनमा स्थानीय स्तरमै दैनिक तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएकाे छ ।

यो नयाँ भेरिएण्टले बयो बृध्द जनसंख्या बढी आक्रान्त बनाएको बताइएको  छ । यो आक्रामक किसिमले बढी चाडो फैलिने र नोक्सा पुर्याउने हराउने प्रबृत्तिको रहेको पनि बिज्ञहरु उल्लेख गर्दैछन् ।

ऐलेको प्रबृत्तिलााई हेरेर बिज्ञहरु यही क्रम जारी रहेमा चीनमा मात्र यो ६० प्रतिशत जनसंख्यामा पुग्न सक्कने खतरा दर्शादैछन् ।

चीन बाहेक जापान र अमेरिका पनि यो नयाँ कोरोना भेरिएण्ट फैलिन पुगेकाको । यता भारतले पनि यो संक्रमणबाट सकेसम्म जोगिन कोरोना प्रोटोकलको पालना गर्ने लगायत अन्य साबाधानी अपनाउन सार्बजनिकरुपमा आह्वान गर्न थालेको । 

कतिपय देशहरुल यात्रा रोक्ने ट्राभेल एडभाइजरी पनि जारी गरिसकेका छन् । नेपाल जस्तो देशले पनि समय मै सबै साबधानीका उपया अहिलेदेखि नै गरेन भने स्थति सम्हालिनसक्नु  र खतरनाक हुनजाने प्राय निश्चित छ ।