आइतबार, कार्तिक ९ गते २०८३

राष्ट्रिय सहकारी बैंकले प्रकाशित गर्‍यो नामावली, कसकसले दिए उमेदवारी ?

पौष ६, २०७९ बुधबार
राष्ट्रिय सहकारी बैंकले प्रकाशित गर्‍यो नामावली, कसकसले दिए उमेदवारी ?

 

राष्ट्रिय सहकारी बैंकले १९औं साधारणसभामा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका लागि उमेदवारी दिएका उमेदवारहरूको नामावली प्रकाशित गरेको छ । बैंकले निर्वाचन कार्यविधिको दफा ११ बमोजिम पर्न आएको उमेदवारीको पहिलो नामावली प्रकाशन गरेको हो । 

प्रकाशित नामावली अनुसार अध्यक्षमा केबी उप्रेतीको मात्र उमेदवारी परेको छ भने सञ्चालक समिति सदस्यमा गण्डकी प्रदेशबाट रामबहादुर जीसी र मधेश प्रदेशबाट विश्वनाथ मण्डलको मात्र उमेदवारी परेको निर्वाचन उपसमितिले जनाएको छ । ती बाहेक अन्य पदका लागि एकभन्दा बढी व्यक्तिको उमेदवारी दिएका छन् । 

सम्पूर्ण उमेदवारको सूची पीडीएफमा हेर्न क्लिक गर्नुहोस् ।