आइतबार, कार्तिक ९ गते २०८३

जनउत्थान साकोसको १७औं स्थापना दिवसमा ज्येष्ठ सदस्य सम्मानित

पौष ५, २०७९ मंगलबार
जनउत्थान साकोसको १७औं स्थापना दिवसमा ज्येष्ठ सदस्य सम्मानित

 

जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १७औं स्थापना दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा रहेको संस्थाले स्थापना दिवसको अवसरमा १३१ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्नुका साथै ५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी ३ जना बाख्रापालक सदस्यहरुलाई निब्र्याजी ऋण प्रदान गरेको छ । 

संस्थामा २८ हजार ५९२ शेयर सदस्य र ३ अर्ब ११ करोडको कुल पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा २४ करोड रकम पुगेको छ । संस्थाले १० वटा केन्द्रमार्फत आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले सहकारी मुल्य मान्यता र सिद्धान्तमा आधारित भएर संस्था अगाडि बढेको बताउँदै सदस्यहरूको उत्थानमा आफूहरू निरन्तर लागिपरेको जनाइन्।

jana utthan 1.jpg