शुक्रबार, कार्तिक ७ गते २०८३

संसदीय दलको नेतामा गगन थापाले उम्मेदारी दिने, कोइराला प्रस्तावक बन्ने

पौष ५, २०७९ मंगलबार
संसदीय दलको नेतामा गगन थापाले उम्मेदारी दिने, कोइराला  प्रस्तावक  बन्ने


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन् । आज बिहान बसेको थापा र कोइराला पक्षको बैठकमा कोइरालाले गगनलाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्ने सहमति जुटेको हो ।

कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । 

संस्थापन पक्षबाट भने सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन् ।