बुधबार, भाद्र ३ गते २०८३

बिश्व फुटबल खेलमा खुशी, मजदुर मृत्युमा दुःखी 

पौष ५, २०७९ मंगलबार
बिश्व फुटबल खेलमा खुशी, मजदुर मृत्युमा दुःखी 

अर्जेण्टिना पुन: बिश्व फूटबल खेलको अधिपति 

बर्ष २०२२ को बिश्व फुटबल खेलको अधिपति दक्षिण अमेरिकी देश अर्जेण्टिना बन्यो । १८ डिसेम्बरका दिन कतारको लुसेल रंगशालमा यो खेलको फाइनल भिडन्त अजेण्टिना र फ्रान्सका बीचमा थियो । दुबैको खेलको टक्कर बराबरीकै थियो । दुबै पक्षका खेलाडीहरु बिश्व कपमा आ–आफ्नो टिमको बिजयको नाम लेखाउन चाहन्थे नै । 

मेसी र अम्बापे.jpg
 यद्यपि फ्रान्स बिश्व कपको लगातार दोश्रो जीतको क्रमलाई कायम राख्न चाहन्थ्यो जसले गर्दा ब्राजिलको ६० बर्ष पुरानो रेकर्ड बराबरी हुन सकियोस् । अनि अर्जे(िण्टना भने यो कपमा आफ्नो दाबेदारी कायम गर्न चाहन्थ्यो । किनकि उसको टिमका कप्तान तथा बिश्वमा चर्चित फूटबल खेलाडी लियोन मेसीको यो अन्तिम फिफा खेल थियो ।  
 गएको आइतबार राती मेहनत र संयोगको मेलले मेसीको मेस्सीको उत्कट इच्छालाई पूर्णता दिएर साकार तुल्यायो । जीत पछि जतिबेला मेस्सीले बिश्व कप हातमा उठाए र त्यसलाई चुमे त्यतिबेला उनल भने पनि कि ‘म यसलाई अन्तरमन देखिनै चाहन्थे’ ।
 एउटा अबिस्मरणीय बिश्व कप बिजयको त्यो बेला मेस्सीको साथ लाखौ लाख फुटबल खेलप्रेमीहरुको सुखद अनुभूतिको दिन पनि थियो । हुन त जीत र हारमा एउटा सानो समयकै भिन्नताकै कुरा  हुन्छ । तर यथार्थ हुन्छ त्यो निपुणताको क्षण जुन कुराले हर हालत सँग जुध्ने र संघर्ष गर्ने हौसला प्रदान गर्दछ । फ्रान्स र अजेण्र्टिनाका बीचको खेल केवल ९० मिनटको मात्रै थिएन, जसमा एउटा पक्ष अर्को पक्षको टीमसँग गरुङ्ग भयो र बिजय हासिल गरेको होस् । त्यसैले आखिरी समयसम्म सबैको खेलाडी र लाखौ दर्शक सबैको के होला भनेर श्वास रोकिएको थियो । 

fifa-World.webp
 खेलको दोश्रो हाफपछि दुबै समूहका खेलाडी २–२ र अतिरिक्त समय पछि ३–३ को बराबरीमा पुगे । अनि त फाइनल खेलको फैसला फ्री किक अर्थात पेनल्टी शूट आउटबाट भयो, जुन ४–२ ले अर्जेण्टिनाको पक्षमा गयो । यसरी १९७८ र १९८२ पछि २०२२ मा पुन: अर्जेण्टिना बिश्व च्याम्पिएन बन्न पुग्यो । यो ऐतिहासिक बिजयको खुशी मनाउनका निम्ति लाखौ अर्जेण्टिनीहरु सडकमा उत्रिए र आफ्नो देशमा त्यस्तै नामूद खेलाडी म्याराडोनालाई सम्झिन पनि बिर्सेनन् ।
 यो फाइनल खेलमा फ्रान्सका लागि तीन गोल गर्ने त्यो देशका चमत्कारिक यूवा खेलाडी किलियन एमबापे थिए । पूरै खेलभरी आठ गोल गर्ने एमबापेलाई  ‘गोल्डेन बूट’ सम्मानले कदर गरियो । यद्यपि उनको अनुहारमा आफ्नो हातले बिश्व कप उठाउन नपाएको मलिनता भने देखा परेको थियो । यस्तो स्थितिमा उनलाई सान्त्वना दिनकाक लागि फ्रान्सकाक राष्ट्रपति ईम्यानुएल म्याँक्रो नै  त्यहाँ उपस्थित रहेका थिए । जितेका बेला यस्ता औपचारिक सम्मानहरु त खेलाडीहरुले पाउने गर्दछन् तर हारेको बेला पनि यस्तो अनौपचारिक भए पनि शान्त्वना दिइनु दुर्लभ कुरा हो । एमबापेको हातबाट यो बिश्व कपमा बिजयको अवसर गुमे पनि उनका लागि अझै यस्ता खेलहरुमा बिजय हात पर्ने समय छ । तर लियोन मेस्सीका लागि यस्तो अबस रहेको थिएन । उनले बिश्व कप बिजय हात त पारे नै सात गोल गरेकाले उनलाई ‘प्लेयर अफ द टुर्नामेण्ट’ पनि चुनियो ।
 बिश्व कप फाइनलको यो रोमाञ्चकारी खेलका अतिरिक्त यस खेलका अन्य कतिपय कुराहरु पनि लामो समयसम्म सम्झना गरिने छ । एक त यो खेलको आयोजना बिश्वको सानो एउटा देश कतारले भब्यताकासाथ आयोजना गर्न सफल भयो । त्यो खेलभरी बिदेशी अतिथिहरुले खचाखच भरिएर रह्यो । यसले बिश्वका कुनै पनि धर्म र सँस्कृतिहरुका कारण बिश्वमा जुन पर्खाल खडा भएका या हुने गरेका छ यो खेल आयोजनाले नयाँ खिड्की खोल्यो र मानिसहरुलाई नजिकबाट एक अर्कालाई हेर्ने, र फेरि धर्म, भाषा, रीति रिवाज फरक परे पनि मानबीय सोच, ब्यवहार, निपूणता एकै किसिमको रहने गर्दछ भन्ने कुरा पनि देखा परेको उल्लेख गरिदैछ । अर्को कुरा बिश्वमा फूटबल खेलमा यूरोपको चकची जस्तै रहने गरेको हो तर यस पटक यो चकचकी टुटेको छ । यद्यपि यो पनि एउटा आश्चर्य हो कि बिश्व च्याम्पियन बनेको अर्जेण्टिनालाई पहिलो खेलामा नै साऊदी अरबको हातबाट मात खानु परेको कुरा पनि इतिहासमा रहन पुग्यो । यो फीफा खेलमा यस पटक मोरक्कोको खेल प्रदर्शनलाई पनि बिश्वका फूटबलप्रेमीहरुले प्रसंशा गर्न कुनै कञ्जुस्याई गरेनन् र त्यो खेल  इतिहासमा स्मरणीय रहन पुगेको छ । यो बिश्व कप शुरु हुनु पहिला फीफाको रेङ्गकिङ्गमा मोरक्कोको स्थान २२औं रहेको थियो तर पनि उसले स्पेन, पोर्चुगाल जस्ता खेल टिहरुलाई हरायो र सेमी फाइनलमा पुग्ने पहिलो अफ्रिकी टीम बन्ने इतिहास पनि रच्यो । अनि यो बिश्व कपमा जापानले पनि दर्शकको मन जित्ने गरी राम्रो खेल प्रदर्शन गरेको मात्र थिएन दुइटा पूर्ब बिजेताहरु जर्मनी र स्पेनलाई पराजित गरेर समूहमा शीर्ष स्थान हासिल गरेको थियो । 

OIP.jfif
 यसका अतिरिक्त यो खेलमा केही राजनैतिक, सामाजिक मुद्दाहरु पनि चर्चाका बिषय बने । जस्तो किसिमले इरानको खेल टिमले सरकार कट्टर र संकीर्ण रबैयाका बिरुद्ध राष्ट्रगानको क्रममा चुप्प लागेर बस्यो त्यो दृष्यले बर्षौंसम्म शान्तिपूर्ण बिरोध र साहसको प्रेरणा दिइरहने छ । यो खेला आयोजनामा मानबाधिकारको बिषयलाई लिएर  पनि प्रश्नहरु  खाशगरी प्रबाशी मजदुरहरुको बिषयमा उठे । कतिपय मानबाधिकार संगठनहरुको के दाबी रहेको छ भने यो बिश्व कपको आतिथ्यका लागि निर्माण कार्यको क्रममा करीब ६ हजार प्रबासी मजदुरहरुको मृत्यु भएको  छ तर आयोजकहरुले त्यो निर्माण कार्यमा ६०० मजदुरहरुको मात्र मृत्यु भएको छ । त्यसमा नेपाली मजदुरहरू पनि परेका छन् । चाहे त्यो मृतक मजदुरहरूकाे  संख्या जति होस् तिनको ज्यान किन गयो कसको लापरबाहीले भयो या ज्यादतीले गर्दा भयो त्यो मानबाधिकाकरको घोर उल्लंघन हो । खेलकूद मनोरञ्जन र आनन्दका लागि हुने गदैनन्, तिनले कयौ बहुमूल्य गुण मानिसहलाई सिकाउने गर्दछन् जसले गर्दा यो संसारलाई अझ सुन्दर र राम्रो बनाउन सकियोस् । त्यसैले फीफा या यस्ते कुनै बिश्व खेलकूदमा मानबाधिकारको कुनै पनि किसिमले उल्लंघन हुनु  हुँदैन र मात्र यसको सार्थकता हुन्छ । त्यसैले मानबाधिकारको उल्लंघन दण्डनीय छ र दोहोरिन दिइनु हुँदैन ।