शनिबार, आश्विन १७ गते २०८३

उत्तरबाहिनी बहुउद्देश्यीयले सदस्यहरुको दुर्घटना बीमा गर्ने

श्रावण १५, २०७८ शुक्रबार
उत्तरबाहिनी बहुउद्देश्यीयले सदस्यहरुको दुर्घटना बीमा गर्ने

 

गोकर्णेश्वर नगरपालिका ४ मा रहेका उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको दुर्घटना बीमा गर्ने भएको छ । संस्थाले एक सय कित्ता भन्दा माथि शेयर खरिद गरेका आफ्ना सदस्यहरुको दुर्घटना बीमा गरिदिन लागेको हो । त्यसका लागि हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र नागरिकताको प्र्रतिलिपि यहि साउन महिना भित्र संस्थामा बुझाउन सदस्यहरुलाई संस्थाले अपील गरेको छ । साथै १०० कित्ताभन्दा कम शेयर खरिद गरेका सदस्यहरुलाई पनि शेयर थप गरी बीमाको फाइदा लिन संस्थाका व्यवस्थापक बसन्त श्रेष्ठले अनुरोध गरे । समयमै कागजात उपलब्ध नगराउने सदस्यको बीमा गराउन असम्भव रहेकाले तोकिएको समयभित्र बुझाउन उनले अुनरोध गरेका छन् ।