शनिबार, कार्तिक ८ गते २०८३

मिलिजुली बहुउद्देश्यीयको वार्षिकोत्सवमा ७१ जनाले गरे रक्तदान

मंसिर २९, २०७९ बिहीबार
मिलिजुली बहुउद्देश्यीयको वार्षिकोत्सवमा ७१ जनाले गरे रक्तदान

 

मिलिजुली बहुउद्देश्यीय सहकारी संस्थाले २४औ वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाका अध्यक्ष निलमणि पाठकको अध्यक्षतामा एवं प्रदेश सभा सदस्य उत्तम जोसीको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । 

चितवनकाे भरतपुरमा रहेकाे संस्थाले रक्तसंचार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २२ महिला र ४९ पुरूष गरी जम्मा ७१ जनाले रक्तदान गरेका हुन् । 

भरतपुर महानगरपालिका वडा नं ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले र नेपाल रेडक्रस जिल्ला शाखाका हरि पौडेल सहित सामाजिक व्यक्तित्व र संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको कार्यक्रम संस्थाका सचिव राजेन्द्रबाबु ढकालले संचालन गरेका थिए । कार्यक्रमको संयोजन दिपेन्द्र पौडेलले गरेका थिए ।