
लोकनारायण सुबेदी
विश्वमा ‘प्रलयको घडी’ अर्थात ‘डूम्स्डे क्लक’ आफ्नै किसिमको एउटा प्रतीकात्मक घडी हो जसका सुईहरुको स्थितिको माध्यमले विश्व कुनै ठूलो संकटको सम्भावनाको स्थितिमा छ कि छैन दर्शाउने गरिन्छ । अर्थात् त्यस्तो संकट कति टाढा वा नजिक छ त्यो हेर्ने गरिन्छ । यस घडीको सञ्चालन ‘बुलेटिन अफ अटोमिक साइन्टिस्ट्स’ नामको बैज्ञानिक संस्थाद्वारा गर्ने गरिन्छ । यसका परामर्शदाताहरुमा १५ जना नोबल पुरस्कार बिजेताहरु पनि छन् । ती सबै मिलेर प्रत्येक बर्ष घडीको सूई कहाँ राखिने हो निश्चित गर्ने परिपाटी रहेकाे छ । यस घडीमा रातको १२ बजे पृथ्बीमा अत्यन्तै ठूलो संकटको पर्याय मानिएको छ। घडीका सूईहरु रातको १२ बजेको जति नजिक राखिन्छन्, त्यत्ति नै कुनै ठूलो संकटसँग धरती (र त्यसका मानिस र अन्य जीव)को संकटको स्थिति मानिन्छ । गएको २०२०–२१ म ती सूईहरुलाई रातको १२ बजे १०० सेकेण्डमा राखिएको थियो ।
संकटको प्रतीक १२ बजेको समयसँग ती सूईहरु त्यत्तिका नजिक कहिल्यै रहेका थिएनन् । अर्को शब्दमा भन्नुपर्दा यो घडीले दर्शाइरहेको छ कि यतिबेला यो धरती कुनै ठूलो संकटको सबैभन्दा नजिक रहेको छ। यतिबेला के चर्चा छ भने निकट भबिष्यमा ‘डूम्स डे घडी’बाट दूरीलाई अझ कम गरिनेछ । किनभने २०२२ मा पार्यवहर तथा युद्धको खतरा बढ्न गएको छन् । ‘डुम्सडे घडी’को बार्षिक प्रतिबेदन मा यस स्थितिका तीनवटा कारण बताइएका छन् ।
पहिलो कारण के हो भने जलवायु परिवर्तनका लागि जिम्मेवार हरित गृह(ग्रीन हाउस) ग्यासकाे उत्सर्जनमा २०१३–१७मा ठहराव आएको थियो त्यसमा २०१८ मा पुन: बृद्धि हुन गयो । जलवायु परिबर्तन नियन्त्रण गर्ने सम्भावनाहरु समग्ररुपले धूमिल भएका छन् । दोश्रो कारण के छ भने परमाणु हतियार नियन्त्रित गर्ने सम्झौताहरु हुन गएका छन् । आईएनएफ सम्झौताको नबिनिरण हुन सकेको छैन । तेश्रो कारण के हो भने सूचना प्रबिधिको बहुतै दुरुपयोग भइरहेको छ जसको सुरक्षामाथि पनि प्रतिकूल असर परिरहेको छ । यी तीनवटै कारण मिलेर एकत्रित असरबाट आज विश्व ठूलो संकटको सँघारमा पुगिसकेको छ र यस संकटलाई कम गर्नका लागि आवश्यक कदम तत्कालै उठाउन आवश्यक छ ।
के ‘प्रलयको घडी’का यस अति महत्वपूर्ण सन्देशलाई बिश्वको नेतृत्वले समय छँदै बोध गर्ला ? हालैका बर्षहरुमा त यो निरन्तर स्पष्ट हुदै गइरहेको छ कि अब त यो धरतीको जीवनदायिनी क्षमता नै खतरामा परिसकेको छ। जुन रणहरुले गर्दा हजारौं बर्षसम्म यो धरतीमा धेरै बिबिधतापूर्ण जीवन हुर्किन सक्यो आज ती आधारहरु नराम्रोसँग संकटग्रसत भइसकेका छन् । यो पृथ्वीको जीवनदायिती क्षमता संकटग्रस्त हुनका अनेक कारणहरु छन् । जलवायु परिवर्तन तथा अन्य अनेक गम्भीर पर्याबरणीय समसयहरु, परमाणु हतिार तथा अन्य महाबिनाशकारी हतियार आदि । यस बारेमा त निश्चित जानकारी प्राप्त भइरहेका छन् कि धरतीमा जीवन संकटमा छ, तर यसलाई दूर गर्नका लागि समयमै प्रभावकारी कदमहरु के कसरी उठाइने हुन् यस बिषयमा अहिलेसम्म पनि बहुतै अनिश्चित स्थिति छ । अहिलेसम्म जे जस्ता प्रयासहरु भएका या भइरहेका छन् ती अत्यन्तै अपर्याप्त छन् । तीभन्दा कयौ गुणा बढी ठूला प्रयास र परिवर्तनको आवश्यकता छ ।
यस प्रयासहरु अमन–चैन, पर्यावरण र जीवनका सबै रुपहरुको रक्षा, लोकतन्त्र, समानता र न्यायको परिधिमा हुनु आवश्यक छ । यी सबै बिषयहरुमा बिश्वका बिभिन्न ददेशरुमा बिभिन्न जन आन्दोलन र जन अभियान पहिलादेखिनै चल्दै आएका पनि छन् । तिनका बिभिन्न आयामहरु छन् । उदाहरणका लागि यदि केवल अमन–चैनको आन्दोलन र हिंसा–बिरोधी आन्दोलनहरु र अभियानहरुको कुरा गर्ने हो भने कुनै पनि देशहरुमा त्यसका बिभिन्न आयामहरु हुन सक्दछन् । बारुदी सुरुङ्गहरु या अन्य बिशिष्ट साना हतियारहरु बिरुद्धका अभियान पनि हुन सक्दछ्न्, भने परमाणु हतियार जस्ता महाबिनाशक हतियारहरुका बिरुद्ध एउटा भिन्न अभियान पनि । छिमेकी देशहरुसँग सम्वन्ध सुधारका अनेक अभियान पनि हुन सक्दछन् । महिला हिंसा, बाल हिसा र घरेलु हिंसाका बिरुद्ध कतिपय आन्दोलनहरु हुन सक्दछन् । शिक्षण संस्थाहरु, कार्यस्थलहरु ऋादिमा हुने गरेका हिंसाका बिरद्ध अभियानहरु प्नि हुन सक्दछन् । एउटा ठूलो चूनौति के छ भने शान्ति सुब्यवस्थाका यी सबै जन अभियानहरु र आन्दोलनहरुमा आपसी एकता कायम गरेर तिनलाई ठूलो शक्तिमा परिणत गरिनु पर्दछ, जसको असर अधिक ब्यापक तथा सबल हुनसकोस् । यी सबै शाखाहरु एक अर्काका पुरक होउन्, तिनको शान्ति सुब्यवस्थाका मुद्दाहरुमा ब्यापक र समग्र सोच होओस्, ती अहिशाका सोचमा गहिराईसम्म पुग्न सकुन् ।
जब शान्ति सुब्यवस्थाका यी सबै धाराहरु परमाणु हतियार समाप्त गर्ने बारेमा आम सहमतिमा पुग्दछन् भने यस मागलाई ठूलो बल मिल्नेछ । अर्को शब्दमा भनिदा आफ्ना बिशिष्ठ मागहरुका साथै ती सबै अभियानलहरुल ती मागहरुलाई पनि अबलम्बन गरिनु पर्दछ जसले धरतीमा जीवनलाई नराम्रोसँग संकटग्रस्त तुल्याइरहेका समस्याहरुको समाधानसँग जोडिएका छन् । यस प्रकार कुनै पनि देशमा बृहत र ब्यापक स्तरमा धरतीको रक्षाको माग उठ्न सक्तछ । फेरि सबै देशहरुबाट माग उठ्छ भने आफै नै बिश्व स्तरमा यो माग प्रभाबकारीरुपमा उठ्न पाउने छ । बिभिन्न देशहरुको शान्ति सुब्यवस्थाको आन्दोनलमा आपसी समन्वय भएर, एकता भएर र साथ साथै जोड दिएर परमाणु हतियारलाई समाप्त पार्ने मागलाई तिनलेअ अझ प्रभावकारीरुपमा उठाउन सक्नेछन् । यही स्थिति पर्यावरण रक्षाकाके आन्दोलनको पनि छ । कुनै पनि देशमा यस आन्दोलनका कयौं अध्यायहरु हुन सक्दछन् । जस्तो कि नदीहरुको प्रदुषणलाई कम गर्नु, वायु प्रदुषणको कम गर्नु, प्लास्टिक प्रदुषणलाई कम गर्नु आदि ।
यदि यस्ता बिभिन्न अभियानहरु र आन्दोलनहरुको बीचमा समन्वय हुन सक्यो भने त्यसको आवाज ठूलो हुन्छ । यसतर्फ पनि विशेष ध्यान दिइनु पर्दछ कि जुन मुद्दाहरु धरतीलाई नराम्रोसँग संकटग्रस्त तुल्याउने खालका छन्, जस्तो कि जलवायु परिबर्तनको मुद्दा) ती मुद्दाहरुलाई पर्यावरण रक्षाको आन्दोनलले आफ्ना बिशिष्ठ मुद्दारुका साथसाथै बिशेष जोड दिएर उठाउनेछ ।
यसरी एकातिर पर्याबरणको रक्षाका सबै पक्षहरु एक अर्काको सहायताले सबल हुन्छन् तथा अर्कोतिर जलवायु परिबर्तन जसता धरतीलाई अत्यन्तै संकटग्रस्त तुल्याउने खालका बिषयहरुलाई अधिक ब्यापक समर्थन मिल्नेछ । यदि लगभग सबै देशहरमा यस्ता प्रकारका प्रयासहरु एकसाथ हुन थाल्दछन् भने जलवायु परिबर्तन जस्ता संकटहरुको सन्तोषजनक समाधानको माग बिश्व स्तरमा ठूलो र प्रभाबकारीरुपमा अघि बढ्न सक्नेछन् । तिनमाथि यदि यी सबै देशहरुको पर्याबरण आन्दोलनमा साझा कारबाहीका लागि आवश्यक सहयोग हुन सक्यो भने ती सबै एकैसाथ प्रभावकारीहरु किसिमले बिश्व स्तरमा आवाज चर्काउन सक्नेछन् ।