शनिबार, कार्तिक ८ गते २०८३

ग्लोबल साकोसको १५औं साधारणसभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ 

मंसिर २७, २०७९ मंगलबार
ग्लोबल साकोसको १५औं साधारणसभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ 

 

ललितपुरको बालकुमारीमा रहेकाे ग्लोबल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्राैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष टलक बहादुर श्रेष्ठको सभापतित्वमा आयोजित सभाको प्रमुख अतिथिमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल रहेका थिए । 

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले वित्तीय संस्थाहरु मध्ये बचत तथा ऋण सहकारी संस्थाहरु बढी जोखिममा रहेको जनाउँदै संस्थाहरुलेले जोखिम मूल्याङ्कन नगरी एवं सही ठाउँमा ऋण प्रवाह नगरेकाले अहिले ऋण असुली प्रमुख समस्याकोरुपमा देखापरेको जनाए । 

साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले गत आवमा संस्थाको शेयर पुँजी तीन प्रतिशतले वृद्धि भएर २ करोड ७९ लाख ८९ हजार रुपैयाँ, निक्षेप संकलन छ प्रतिशतले वृद्धि भएर १४ करोड ३५ लाख ६४ हजार रुपैयाँ र ऋण लगानी १७ प्रतिशतले वृद्धि भएर १७ करोड ८५ लाख ३६ हजार रुपैयाँ पुगेको जनाए । सभामा संस्थाका सचिव विष्णु कुमार श्रेष्ठ र कोषाध्यक्ष धन बहादुर श्रेष्ठले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए । 

सभाले अध्यक्षमा टलकबहादुर श्रेष्ठलाई पुनः चयन गरेको छ । संस्थाको ९ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा सन्तलाल श्रेष्ठ, सचिवमा विष्णु कुमार श्रेष्ठ र कोषाध्यक्षमा धन बहादुर श्रेष्ठ निर्वाचित भएका हुन् । त्यसैगरी सञ्चालक सदस्यमा केशर बहादुर श्रेष्ठ, तुलसा देबी श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, डम्बर बहादुर श्रेष्ठ र पूर्ण बहादुर श्रेष्ठ सदस्य रहेका छन् । 

सभाले ताराराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ जसको सदस्यमा नेत्र बिक्रम श्रेष्ठ र प्रेम बहादुर श्रेष्ठ रहेका छन् । 

संस्थाका ब्यवस्थापक रामशरण पौड्यालले संचालन गरेको सभामा उपस्थित अतिथि तथा सहभागी सदस्यलाई संस्थाका उपाध्यक्ष सन्तलाल श्रेष्ठले स्वागत गरेका थिए । 

त्यस अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, ज्येष्ठ सदस्य र कर्मचारीलाई सम्मान गरेको थियो ।  सभाले गत आवको मुनाफाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत नगद र पाँच प्रतिशत बोनस शेयर गरि १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।