शनिबार, कार्तिक ८ गते २०८३

दक्षिण बाराही महिला साकोसको २४औं साधारण सभा, विभिन्न विधामा सम्मान प्रदान

मंसिर २७, २०७९ मंगलबार
दक्षिण बाराही महिला साकोसको २४औं साधारण सभा, विभिन्न विधामा सम्मान प्रदान

 

भक्तपुरको दधिकोटमा अवस्थित दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरि बल्लको प्रमुख आतित्थ्यता संस्थाकी अध्यक्ष निर्जला ढुंगेल दाहालको सभापतित्वमा सभा सम्पन्न भएको हो ।  

सभाका अवसरमा संस्थामा आवद्ध जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मनकुमारी भण्डारी, कृष्णकुमारी ओझा, मायाकुमारी कार्की,  बसुन्धरा थापा र जयन्ती ढुंगेल रहेका छन् । त्यसैगरी सभामा एकल तथा स्वनिर्भर महिला सम्मान अन्तर्गत चन्द्रकुमारी बिश्वकर्मा, शुशला मिजार,  नानु सिलवाल, गौरी कार्की,  बुद्धि माया खत्री रहेका छन् ।

सभाले अधिकतम सेयर रहेका सदस्य मुना ढुंगेल तथा ऐच्छिक बचत अन्तर्गत मैया थापामगर त्यसैगरी आवधिक बचत अन्तर्गत खुत्रुके बचतमा अप्सरा ढुंगेललाई सम्मान गरेको छ । सभामा बाल बचतकर्ता उत्सव अधिकारी, दित्या एस थापा पनि सम्मानित भएका छन् ।

सदस्यता बृद्धितर्फ रीता केसी र शारदा खनाल काफले र एसइई सम्मान आश्विन केसी र दिपिका अधिकारीले प्राप्त गरेका थिए । त्यसैगरी असल बचतकर्ता मिनकुमारी भण्डारी र असल ऋणी माया मंग्रातीलाई पनि सम्मान गरेको छ ।

संस्थाले पूर्व सञ्चालकहरुलाई पनि सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा पार्वती अधिकारी, पूजा रोका छेत्री थापा र रमिला दवाडी ढुंगेल रहेका छन् । सक्रिय उपसमिति पुरस्कार अन्तर्गत शिक्षा उपसमिति संयोजक शारदा खनाल काफले तथा सदस्यहरू करुणा विष्ट थापा र  मीरा सिलवाल का साथै कर्मचारी सम्मानीत भएका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंककी सिता भट्टराई, नारी सेवा साकोसकी अध्यक्ष सहना पसखल, अमर ज्योति साकोसका अध्यक्ष दामोदर न्यौपाने, सुमधुर साकोसका उपाध्यक्ष नरबहादुर घिमिरे, गाम्चा साकोसका अध्यक्ष विकास खड्कालगायतको उपस्थिति रहेको थियो ।  संस्थाकी उपाध्यक्ष शारदा थापाले स्वागत गरेको कार्यक्रम संस्थाकी ब्यवस्थापक दिपा श्रेष्ठ क्षेत्रीले संचालन गरेकी थिइन् ।