काठमाण्डौ । एक कार्यक्रमका बीच हिजो मंसिर २४ गते शनिवार भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामा किसानले झेल्नु परेका समस्या र समाधानका बारेमा नेपालमा कार्यरत बिभिन्न किसान संगठनका नेताहरुका बीच संक्षिप्त अन्तरक्रिया तथा बिचारको आदान प्रदान सम्पन्न भयो । अखिल नेपाल किसान महासंघका अध्यक्ष बलाराम बास्कोटाले सहजीकरण गर्नु भएको सो कार्यक्रममा भारतका किसान नेताहरु राकेस टिकैत, चुकी(महिला), नज्जुदास्वामी, र राजेगौडा, पाकिस्तानबाट फारुख तारिक, बंगलादेशबाट गुलाम सरोबर तथा श्रीलंकाबाट अनुका डी सिल्भा(महिला) लगातका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
नेपालको तर्फबाट अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्कोटा र महासचिव प्रमेश पोखरेल, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्रका) महासचिव नहेन खड्का, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ्ग र महिला किसान नेता गंगादेबी राई, अखिल नेपाल किसान यूनियनका इञ्चार्ज लोकनारायण सुबेदी र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसी लगायतका अन्य किसान नेताहरुको उपस्थिति थियो ।
अन्तरक्रिया कार्यक्रमा बिश्वब्यापीरुपमा किसान बर्गले भोग्नु परेका गम्भीर समस्याका बारेमा बिचारको आदान प्रदान भयो । त्यसमा जमिनको समस्या, खेतीपाती, पशु पंक्षीपालन, फलफूल खेतीका समस्या जलवायु परिबर्तन, पर्याबरणीय खेती, नबउदारबादी अर्थतन्त्रले कृषि र किसानमाथि पारिरहेको ब्यापक दुष्प्रभाव र किसानहरुले चलाउदै आएको संघर्ष तथा यो संघर्षलाई अझ ब्यापक र सुदृढ तुल्याउनु पर्ने आवश्यकता र यसका लागि परस्पर बिचारको आदान प्रदान तथा ऐक्यबद्धता जारी राख्नु पर्ने कुराहरु समेटिएका थिए ।
दक्षिण एशिायाली किसान नेताहरु यस क्षेत्र र बिश्वको किसान समस्याका बारेमा काठमाण्डैमा आयोजित बैठकमा सहभागी हुन नेपाल आउनु भएको थियो ।

कार्यक्रमा नेपाली किसानको हक हितका लागि संघर्षरत ६ किसानको तर्फबाट अखिल नेपाल किसान यूनियनका इञ्चार्ज लोकनारायण सुबेदीले आगन्तुक पाहुना किसान नेताहरुको स्वागत गर्दै नेपालमा किसान समस्यालाई लिएर आन्दोलन उठाउन ५९ सुत्रीय किसानका मागहरु अघि सार्दै सरकारलाई ज्ञापन पत्र दिइसकेको र आन्दोलनको गृह कार्य भइरहेको जानकारी गराउनु भएको थियो । कार्यक्रमा किसान नेताहरु सीतारमा तामाङ्ग, नहेन खड्का, प्रमेश पोखरेल र दुर्गा जैसीहरुले आ–आफ्ना धारणा राख्नु हुँदै किसान समस्या हल नभई देशको समस्या हल हुन नसक्ने कुरामा प्रकाश पार्नु भएको थियो भने बैठकमा भागलिन आउनु भएको बिभिन्न देशका किसान नेताहरु राकेश टिकैत, फारूख तारिक,चुकी, अनुका डी सिल्भा ताथ गुलामा सराेबरल आ–आफ्नो देशका किसान मसस्या, संघर्षका अनुभव र आगामी साझा कार्यभार बारे आ–आफ्ना धारणा राख्नु भएकाे थियाे ।