शनिबार, आश्विन १७ गते २०८३

महासंघको टोलीले रजिष्ट्रार पण्डितलाई बुझायो ज्ञापनपत्र, सहकारीका समस्या समाधान गर्न ५ बुँदे माग

मंसिर २३, २०७९ शुक्रबार
महासंघको टोलीले रजिष्ट्रार पण्डितलाई बुझायो ज्ञापनपत्र, सहकारीका समस्या समाधान गर्न ५ बुँदे माग

 

सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न भन्दै राष्ट्रिय सहकारी महासंघका तर्फबाट ५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको छ । 

शुक्रबार रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई महासंघका सञ्चालक एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती सहितको एक टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा बजार अनुरुप सन्दर्भ ब्याजदर स्वचालित हुने व्यवस्था गर्न माग गरिएको छ । बजारमा ब्याजदर बृद्धि हुँदापनि सहकारीले भने सन्दर्भ ब्याजदरका कारण ब्याज परिवर्तन गर्न नपाउदा पुँजी पलायन भई सहकारी क्षेत्रमा तरलता संकट बढेको ज्ञापनपत्रमा भनिएको । 

ज्ञापनपत्रमा ऋण असुलीका लागि सहयोग गर्न, तरलताको ब्यवस्थाका लागि सहूलियत ब्याजदरमा रकम व्यवस्था गर्न, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्न र सहकारी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुनेगरी अपील जारी गर्न आग्रह गरिएको छ । 
बजारमा ब्याजदर बृद्धि हुँदापनि सहकारीले भने सन्दर्भ ब्याजदरका कारण ब्याज परिवर्तन गर्न नपाउदा पुँजी पलायन भई सहकारीमा तरलता संकट भएको ज्ञापनपत्रमा दावी गरिएको छ । सहकारी क्षेत्रका बारेमा सकारात्मक सन्देश प्रवाह हुने गरी सहकारी विभागले सर्वसाधारणमा अपील जारी गर्नुपर्ने समेत माग ज्ञापनपत्रमा रहेको छ । 

gyapan to registrar.jpg