सहकारी संस्थामा देखिएका समस्याहरु:
क) संस्था सञ्चालन सम्बन्धी
- व्यवसायमा सिर्जनशीलताको कमी
- गैरसदस्यसँग कारोबार तथा सदस्यहरुमा विभेद गरी कारोबार गर्ने परिपाटी
- एकै व्यक्ति एक भन्दा बढी सहकारी संस्थाको सदस्य हुने, कारोबार गर्ने परिपाटी
- सदस्यको सेवालाई भन्दा पनि नाफालाई बढी प्राथमिकता दिनु
- सदस्य एवं सञ्चालकहरुमा सहकारी सम्बन्धी शिक्षाको कमी तथा सञ्चालहरुमा संस्था सञ्चालनको दक्षताको कमी
- सहकारी संएस्था गठन गर्नुको उद्देश्यलाई सार्थ बनाउने गरी संस्था सञ्चालन नहुनु
- सहकारी क्षेत्रको व्यवसायिक क्षमता अपेक्षाकृत रुपमा कमजोर हुनु तथा प्रतिस्पर्धात्मक क्षमता कम हुनु
- साधारणसभा विधिसम्मत नभएको
- पारदर्शिता र जवाफदेहिताको कमी
- मानव संशाधनको विकास र योजनाको अभाव
- संस्थागत संस्कारमा कमी
- लेखा सुपरिवेक्षण प्रक्रिया प्रभावकारी नहुनु
- सहकारीहरु बीच समन्वयको अभाव
- संस्थागत पुँजीको विश्लेषण नगरी साधारणसभाको निर्णय बेगर अचल सम्पत्ति खरिद
- संरक्षित पुँजी फिर्ताको अभ्यास अझै भएको छैन
ख) बचत तथा ऋण कारोबार सम्बन्धी
- मध्यस्तकर्ताको माध्यमबाट बचत संकलन
- संकलित बचत ऋणमा भन्दा पनि अन्य क्षेत्रमा लगानी
- व्याजदर निर्धारण
- खर्च प्रणाली अपारदर्शी तथा साधारणसभाको निर्णयबिना खर्च गर्ने परिपाटी
- बचत रकम व्यक्तिगत व्यवसायमा प्रयोग
- अनुत्पादक क्षेत्रमा ऋण लगानी
- ऋण लगानी प्रक्रिया र अभिलेख
- अधिक र न्यून तरलताको अवस्था
- खुद बचत गणना अघि नै शेयर लाभांश वितरण गर्नु
- गैर बैंकिङ सम्पत्तिमा वृद्धि हुने परिपाटी
- कोषको लागत (कष्ट अफ फण्ड) बढी हुनु
- सेवा शुल्क लगायतका शुल्कहरु लगाउनु तथा व्याजलाई पुँजीकृत गर्नु तथा समदरमा ब्याज हिसाब गर्नु
- पुँजी र निक्षेपको अनुपात मापदण्ड अनुसार कायम नगर्नु
- पाकेको तर नगद प्राप्त नभएको ब्याज समेत आम्दानीमा गणना गर्नु
- ऋण लगानी गर्दा पुँजीकोषलाई ध्यान नदिनु
- ऋण लगानी प्रक्रिया र सुरक्षण अपर्याप्त
- भाखा नाघेको ऋण र पाउनुपर्ने ब्याजको मात्र बढी
- ऋण नोक्सानी कोषको अपर्याप्तता
- बाह्य ऋणको मात्रा बढी
- बिना सुरक्षण ऋण लागनी
- जोखिम व्यहोर्ने कोषको व्यवस्था नहुनु तथा जोखिम न्यूनिकरणका उपायहरु प्रति सजक नहुने प्रवृत्ति
- वित्तीय साक्षरताको अभाववित्तीय विवरण र तथ्यांकहरु अद्यावधिक नहुने तथा समयमा नै सम्बन्धित निकायमा पेश नहुने ।
ग. समस्या समाधानका उपायहरूः
- शिक्षा, तालिम र सूचनाको माध्यमबाट सहकारीको सैद्धान्तिक र कानुनी प्रक्रियाबारे व्यापक प्रचारप्रसार
- नियामक निकायको क्षमता अभिवृद्धि
- वित्तीय मापदण्डहरुको उचित परिपालना
- सदस्यकेन्द्रित कारोबारमा जोड
- उत्पादनशील क्षेत्रमा सुरक्षित ऋण लगानी
- संस्थागत संस्कार र सुशासन
- स्थानीयकरण र समुदायमा आधारित सहकारीहरुको विकासमा जोड
- सहकारी संस्था एकिकरणमा जोड
- कानुनमा समयसापेक्ष परिमार्जन तथा एकरुपता
(बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निराैलाद्वारा एक कार्यक्रममा प्रस्तुत कार्यपत्रबाट)