शनिबार, आश्विन १७ गते २०८३

चिनीया कम्युनिष्ट पार्टीको २०औं महाधिबेशन पछि पार्टी कसरी चल्दैछ चीनमा ?

मंसिर २१, २०७९ बुधबार
चिनीया कम्युनिष्ट पार्टीको २०औं महाधिबेशन पछि पार्टी कसरी चल्दैछ चीनमा ?

Precessofparty.jpg
लोकनारायण सुबेदी
चिनीयाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन गएको नोभेम्बर महिनाको १६–२२ सम्म बेइजिङ्गमा भब्यताकाकसाथ सम्पन्न भयो । त्यसको दुइ दिन पछि गएको २५ अक्टोबरका दिन आयोजित पोलिट ब्यूरोको पहिलो स्टडी ग्रुपको सत्रमा पार्टीको केन्द्रिय कमिटीको केन्द्रिृकृत तथा एकीकृत नेतृत्वलाई सबल तुल्याउने र त्यसको हिफाजात र रक्षा गर्ने सम्वन्धि दिशा निर्देशहरु तथा कार्य सञ्चालनसँग सम्बन्धित ८ सुत्रीय निर्णयहरु कार्यान्वयन गर्नका लागि जारी बिस्तृत नियमाबलीहरुलाई लिएर गम्भीर बिचार बिमर्श गरिएको थियो । 

 त्यसको दोश्रो दिन अर्थात २६ अक्टोबरका दिन शी जिनपिङ्गको नेतृत्वमा पोलिट ब्यूरोको स्थायी समितिका सदस्यगण चीनको उत्तर पश्चिममा साङ्गशी प्रान्तमा अबस्थित येनान भन्ने पुरानो प्रसिद्ध क्रान्तिकारी क्षेत्रको दौडाहामा निस्कियो । उनीहरुले त्यहाँ पुगेर ती स्थानहरुको भ्रमण गरे जहाँ चिनीया कम्युनिष्ट पार्टीको महत्वपूर्ण ७औं महाधिवेशन १९४५ भएको थियो । जहाँ चिनीया क्रान्तिका मार्गदर्शक माओ त्सेतुङ्गको पुरानो निवास स्थान(साओसानमा) रहेको छ । अनि जहाँ येनानको क्रान्तिकारी मेमेरियल हलमा एउटा प्रदर्शनी आयोजित थियो । त्यस प्रदर्शनीमा ती १३ बर्षका क्रान्तिकारी इतिहासका महत्वपूर्ण झलकहरु दर्शाइएको थियो जतिबेला येनामा चिनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटीको हेडक्वाटर रहेको थियो । यी उल्लिखित कुरा यस आसयले गरिएको थियो कि पार्टीको स्थापित सिद्धान्तप्रति बफादारीलाई स्पष्ट पार्न सकियोस र पार्टीको संघर्षशीलताको भावना एबं योग्यतालाई कायम राख्ने बिषयसँग सम्वन्धित पार्टी महाधिवेशनको बयानको के अर्थ हो । यसै परिधि र परिप्रेक्षमा रहेर बिश्व सर्बहाराका गुरु माओको आलोकमा चिनीया कम्युनिष्ट कत्तिको ठीक ढंगले चलिरहेको छ र बैज्ञानिक समाजबादी बाटोमा कत्तिको सही किसिमले हिड्न खोजिरहोके छ त्यो केलाउनु उपयुक्त र उपयोग हुन्छ ।
 सम्पन्न चिनीयाँ कम्युनिष्ट पार्टीको महाधिबेशनमा प्रस्तुत प्रतिबेदनमा पार्टी निर्माणमा जोड दिइएको छ । त्यसमा  यस कुराको स्पष्टसँग उल्लेख गरिएको छ कि एक सबल पार्टीको माध्यमबाट नै चीनले आफ्ना घोषित उदेश्यहरुलाई प्राप्त गर्न सक्तछ र एउटा जीबन्त समाजबादी देशको निर्माण गर्न सक्दछ । ‘पार्टी संबिधानलाई हामीले हाम्रो मूलभूत मार्गदर्शकको दर्जा प्रदान गर्नु पर्दछ’ तथा पार्टीको नियमाबलीको ढाँचामा सुधार ल्याउने ‘त्यसको प्राधिकारमा बढोत्तरीका लागि’ तथा  तिनलाई लागु गर्नका निम्ति, ‘जनबादी केन्द्रियताका मूल मन्त्रको पूर्णरुपले पालन गर्नु पर्दछ’ । प्रतिबेदनमा यस कुराको पनि घोषणा गरिएको छ कि सच्चाईमा कायम रहने,‘गल्तिहरुलाई सुधार्ने’, समस्याहरुलाई ऊजागर गर्ने तथा बिफलताहरुको उपचार गर्नका लागि आवश्यक सबै उपाय अबलम्बन गर्ने’ जसले गर्दा पार्टीलाई सबल बनाउन सकिने छ ।
 त्यस प्रतिबेदनमा पार्टीका सबै आन्तरिक कमजोरीहरुलाई उजागर गरिएको छ । पार्टीको नेतृत्वलाई कायम राख्ने सम्बन्धि निकै धेरै बिषयहरु पर्टी भित्र थिए जसमा ‘स्पष्ट समझदारी एबं प्रभाबी कार्यबाहीको कमी’ तथा ‘ब्यवहारमा एउटा कमजोर, खोक्रो तथा कमजोर पार्टी नेतृत्वको तर्फ स्खलन’ जस्ता बिषय सामेल थिए । पार्टीका कतिपय सदस्य र पदाधिकारीहरु आफ्ना राजनीतिक आस्थाको मामिलामा अडिग थिएनन् । बारम्बार दिइने गरेको चेतावनी पछि पनि कतिपय क्षेत्रमा एबं बिभागहरुमा ब्यर्थका औपचारिकताहरु,‘नोकरशाही’, आत्म सन्तुष्टी’ तथा ‘फजुलखर्ची’ अपाउने गरिइरहेको थियो’ । ‘बिशेषाधिकार आकांक्षी मानसिकता तथा ब्यबहारका कारणबाट गम्भीर समस्याहरु पैदा भए तथा भ्रष्टाचारका केही गहिरोगरी आश्चर्यचकित पार्ने खालका मामिलाहरु उजागर भए’ । 
 ‘छुटकारा पाउनका लागि लगातार गरिदै रहेका प्रयाशहरुका बाबजुद यस प्रकारका कमजोरीहरु जारी रहे’ । सीपीसीद्वारा ‘भ्रष्टाचारमा लिप्त तथा अयोग्य क्याडरबाट पार्टीलाई मुक्त तुल्याउने प्रयासहरुका केही परिणामहरु निस्किए’ । प्रतिबेदनमा यो कुराको पनि उल्लेख गरिएको छ कि ‘लामो समयदेखि चल्दै आएका हानिकारक प्रबृत्तिहरुबाट छुटकारा पाइएको छ’ तथा ‘ बर्षौंदेखि गहिरो ठाउँ बनाएर रहेका समस्याहरुबाट पनि छुटकारा मिल्न सकेको छ । एउटा मिशनको जस्तो प्रबल भावनाबाट सुसज्जित भएर हामीले १४० करोड मानिसहरुलाई निराश तुल्याउनको साटो केही हजार मानिसहरुसँग दुश्मनी मोल्नु राम्रो हो भन्ने मान्यौं जसले गर्दा ‘हाम्रो पार्टी आफ्ना सारा समस्याबाट मुक्त हुन सक्तछ । ‘हामीले सबै प्रकारका भ्रष्ट पदाधिकारीहरुलाई दण्डित गरेको छ, जसले गर्दा पार्टी, देश र सेनामा ब्याप्त गम्भीर खतराबाट छुटकारा पाउन सहयोग पुगेको छ । यसबाट  ‘यो सुनिश्चित हुन सक्यो कि पार्टी तथा जनताद्वारा हामीलाई सुम्पिएको जिम्मेवारी निर्बहन गर्नु हमेशा जनताको हितमा हुन्छ’। 

Politicalguidance.jfif
 एउटा अर्को उपाय जसको घोषणा महाधिवेशनमा गरिएको थियो, ‘आत्म सुधार’को कुरा हो । सीपीसीले बितेकोे बर्षको समयमा जुन दुरुस्तिकरणको अभियानलाई ब्यापक स्तरमा चलाएको थियो, आत्म सुधारको यो बिचार त्यसैमा आधारित छ : कम्युनिष्टहरुले हर हमेशै आत्म सुधारको लागि तथा समाजबाद निर्माणको बाटोमा आउने कठिनाईहरुमाथि बिजय प्राप्त गर्नका लागि तयार रहनु पर्दछ’। यसै प्रकृयाबाट गुज्रिदा नै ‘जुन शी जिनपिङ्गले अघि सारेका छन्, पार्टीले भ्रष्टाचार बिरुद्धको संघर्ष जारी राख्न सक्नेछ । जसको त्यतिबेलासम्म आवश्यकता पर्दछ जतिबेलासम्म यो पैदा हुने र हुर्किने अबस्था रहिरहन्छ’ ।
 आत्म सुधारको कार्यान्वयन शिक्षाको माध्यम तथा पार्टी सदस्यहरु र पदाधिकारीहरुको सतर्कतालाई सबल पार्नका लागि मार्गदर्शन प्रदान गर्नेमाध्यमले गरिने छ, जसले गर्दा उनीहरुमा भ्रष्टाचारमा लिप्त हुने कुनै लोभ पैदा हुने र हुर्कने स्थिति नआओस् र उनीहरुले इमानदारी एबं सत्यनिष्ठापूर्बक बाच्न र काम गर्न पाउन् । आत्म सुधारको बलमा सदस्यहरुका बीच आत्मिक बल बिकसित गर्ने प्रयास गरिने छ ‘जसले गर्दा उनीहरुमा सम्पत्ति तथा शक्तिले कहिल्यै पनि भ्रष्ट बन्न पाउँदैनन्’, ‘गरीबी र सानो पदमा रहेर पनि सिद्धान्तबाट भड्किन पाउँदैनन्’ र ‘बल प्रयोगको धम्कीका सामु कहिल्यै झुक्दैनन्’ । 
 बिश्वको सबैभन्दा ठूलो मार्क्सबादी दल हुनुको नाताले सीपीसीले के रेखाङ्कित गरेको छ भने यसका सामुमा रहेका खाश किसिमका चूनौतिहरुको सामना गर्नका लागि यसले सदैब नै सजग र अटल रहिरहनु पर्दछ, ‘जसले गर्दा जनताको समर्थन हासिल गर्न सकियोस् र दीर्घकालसम्म जनताको हित गर्ने दल बनिरहन सकियोस् । यो एउटा यस्तो महत्वपूर्ण शिक्षा हो जसलाई सिपीसीले सोभियत संघ ढल्नाले र पूर्बी यूरोपका देशहरुमा समाजबाद असफल हुँन जाँदा सिकेको छ । सीपीसी यथार्थमा यस्ता किसिमका ढाल्ने ढल्ने दुष्चक्रबाट निजात पाउन तथा समाजबादको मार्गमा दृढतापूर्बक रहिरहन चाहन्छ ।
 यथार्थत: आफ्ना श्रमसाध्य प्रयासहरुद्वारा पार्टी ‘ढल्ने ढाल्ने’ जस्ता ऐतिहासिक कुचक्रबाट छुटकारा पाउने प्रश्नमा एउटा भिन्न उत्तर पाउनमा सफल भएको छ र यो दोश्रो उत्तर हो आत्म–सुधार । आफुलाई शुद्ध राख्ने ‘सुधार ल्याउने’ नबिकृत गर्ने तथा उत्कृष्ट बनाउने कौशल पार्टीले निकै काफी हदसम्म बिकसित गरेको छ, आधारभूत तल्लो स्तरमा पार्टी संगठनमा स्व–शानमा खुकुलो र कमजोरीको समस्याको समाधान गरिएको छ’ अनि ‘पार्टी भित्र  राजनीतिक सत्यनिष्ठाको वातावरण तीब्र गतिमा बिकसित गरिएको छ, यसरी हामीले यो सुनिश्चित गरेका छौ कि पार्टीले आफ्नो प्रकृति, प्रतिबद्धता र प्रबृत्ति(चरित्र)मा कहिल्यै कुनै स्खलन ल्याउने छैन’ । यो त्यतिबेला मात्र सम्भव छ जब पार्टी ‘जनतासँग आफन्तकै जस्तो सुसम्बन्ध राख्न पाउँछ र मानिसहरुको चिन्ताप्रति संबेदनशील रहन पाउदछ’ । यो कुरा स्वीकार गर्दै राम्रो आचरण गर्नु एउटा सत्तारुढ पार्टीको अस्तित्वका लागि अत्यन्तै आबश्यक कुरा हो । प्रतिबेदनमा पार्टी सदस्यहरुसँग के अपेक्षा गरिएको छ भने उनीहरुले पार्टीको गौरबशाली परम्परालाई अघि बढाउन् । हामीले सम्पूर्ण पार्टी एबं चीनका मानिसहरुप्रति प्रयोजन, धैर्य तथा आत्मबिश्वासको एउटा सबल बोधलाई बढावा दिनु पर्दछ । हामीले बिघ्नबाधाहरु तथा कठिनाईहरुका अगाडि बढेर सामना गर्नु पर्दछ जसले गर्दा बिकास तथा सुरक्षा दुबैलाई सुनिश्चित गर्न सकियोस्’। प्रतिबेदले पार्टीलाई आह्वान गरेको छ कि उसले आफ्नो अदम्य संघर्षशील भावनालाई बिकसित गरोस्‘जसले गर्दा समाजबादको हाम्रो लक्षको नयाँ क्षीतिज खुल्न सकोस्’। 
 यो प्रतिबेदनमा थप के पनि उल्लखे गरिएको छ भने आत्म सुधार कुनै एक पटकको अभियान होइन, ‘बरु एउटा शतत चल्ने प्रकृया हो’। पार्टीमा हामी सबैले दिमागमा राख्नु पर्दछ कि पूर्ण तथा सख्त आत्म नियन्त्रण एउटा अनबरत प्रयास हुने गर्दछ र आत्म सुधारको कहिल्यै अन्त्य नहुने किसिमको यात्रा हुने गर्दछ । हामीले आफ्नो प्रयासमा कुनै खुकुलो पना आउन कदापि दिनु हुँदैन अनि हामीले आफैलाई पनि कहिल्यै थाकेको हारेको महसुश गर्ने स्थिति आउन दिइनु हुँदैन’ । आफ्नो ब्यवहारमा सुधार ल्याउँदै सबै पार्टी सदस्यहरुलाई ‘सामाजिक परिबर्तनको बाटोमा अघि बढ्नका लागि स्वयंमा परिबर्तन ल्याउने ‘सिद्धान्त’को उपयोग गर्नु पर्दछ । 
 यस प्रतिबेदनमा अगाडि के पनि भनिएको छ भने आफ्नो संगठनात्मक ढाँचालाई सबल बनाउनका लागि पार्टी भित्र जुन परिबर्तन ल्याउने अपेक्षा गरिएको छ त्यसको आरम्भ शीर्ष स्तरबाटै गरिने छ, ‘हामीले केन्द्रिय समितिको निर्णयकारी, बिचारशीलता तथा समन्वयशीलताको क्षमतामा सुधार ल्याउने छौ. जसले गर्दा ठूल्ठूला समस्या या मुद्दाहरुसँग सम्बन्धित यसको केन्द्रिय तथा एकीकृत नेतृत्वलाई सबल बनाउन सकियोस् । पार्टीर्लाइ राजनीतिकरुपले सबल बनाउनका लागि हामीले राजनीतिक अनुशासन तथा नियमहरुको कडाईकासाथ पालना गर्नेछौं, के सुनिश्चित गर्नेछौ भने सबै स्तरमा पार्टी कमिटीहरुले आफ्नो प्रमुख जिम्मेवारीको निर्बहन गरुन् तथा सबै स्तरमा पार्टी संगठन एबं पदाधिकारीहरुको राजनीतिक निर्णय क्षमता, समझदारी, तथा कार्यान्वयन क्षमतामा थप बृद्धि होस्’ । 
 प्रस्तुत प्रतिबेदनमा के इच्छा पनि जाहेर गरिएको छ भने ‘पूराका पूरा पार्टीले, केन्द्रिय कमिटीको केन्द्रिकृत तथा एकीकृत नेतृत्वको मर्यादा  कायम राख्नु पर्छ, यसले नेतृत्वको ती ब्यवस्थाहरुमा सुधार ल्याउने शपथ लिन्छ, जसको माध्यमबाट पार्टीले आफ्नो नेतृत्वकारी भूमिकाको निर्बहन गर्दछ । अनि सबैतिरका कोशिशहरुलाई समन्वय गर्दछ, यसबाट के सुनिश्चित हुन सक्छ भने पार्टीका सबै सदस्य, राजनीतिक दृष्टिकोण,झुकाव, सिद्धान्त एबं मार्गको बिषयमा केन्द्रिय कमिटीको नजिकबाट अनुसरण गर्न सकोस्’ ।
 पार्टी महाधिबेशनमा ट्रेड यूनियनहरु, कम्युनिष्ट यूथ लीग, महिला फेडरेशन तथा अन्य जन संगठनहरुमा सुधार ल्याउने तथा तिनलाई बिकसित तुल्याउने पनि निर्णय लिएको छ जसले गर्दा ‘पार्टी एबं जनतालाई जोड्ने सेतु’को भूमिका प्रभावकारी ढंगले तिनले निर्बाह गर्न सकुन्’। 
 यस कुरामा जोड दिदै कि पदाधिकारीहरुको चयनमा राजनीतिक प्रतिबद्धता नै प्रमुख मामदण्ड हो, यस आवश्यकतााको उल्लेख गर्दै के भनिएको छ भने औद्योगिक मजदुर,किसान, बुद्धिजीवी, यूवा तथा महिलाहरुलाई पार्टी सदस्यकोरुपमा बिकसित गरिनु पर्दछ तथा तिनलाई नेतृत्वकारी भूमिकामा ल्याइनु पर्दछ । पार्टीको भबिष्यका लागि यो बिशिष्ठ महत्वको कुरा हो कि हाम्रो लक्षलाई अघि बढाउनका लागि हामीसँग उपयुक्त उत्तराधिकारीहरु हुनु पर्दछ । यस कुरालाई मध्यनजर राखेर हामीले होनहार यूवा पदाधिकारीहरुलाई प्रशिक्षण तथा चयन गर्ने कुरालाई नियमित कार्यकारी संयन्त्र सुधार ल्याउने छौ, यूवा पदाधिकारीहरुलाई हामीले स्थानीय समुदाय तथा क्षेत्रहरुमा काम गर्ने तथा अनुभव प्राप्त गर्नका लागि जहाँको अबस्था कठिनाईपूर्ण हुन्छ त्यहाँ काम गर्न प्रोत्साहित गर्नु पर्दछ । यस प्रकारका कार्यभारलाई तिनको प्रशिक्षणको महत्वपूर्ण हिस्सा बनाइनु पर्दछ । महिला पदाधिकारीहरुको बिकास तथा चयनलाई पनि उत्तिकै महत्व प्रदान गरिनु पर्दछ र उनीहरुको महत्वपूर्ण भूमिकलाई पूरा अवसर प्रदान गरिनु पर्दछ । जनजातीय अल्पसंख्यकहरु मध्येबाट पनि पदाधिकारीहरु बिकसित गर्ने तथा उनीहरुलाई पनि चयन गर्ने कुरालाई महत्व दिइनु पर्दछ । गैर–पार्टी पदाधिकारीहरुसँग सम्बन्धित कार्यहहरुलाई पनि त्यसैगरी तत्परताकासाथ स्थान दिइनु पर्दछ । हामीले के पनि सुनिश्चित गर्नु पर्दछ भने सेवा निबृत्त पदाधिकारीहरुलाई पनि ठीक त्यसै प्रकारले देखभाल गर्नुपर्दछ’ ।
 यस प्रतिबेदनले के पनि नोट गरेको छ भने आफ्ना क्याडरहरुकाप्रति पनि पार्टीको दृष्टिकोण ‘सहानुभूतिपूर्ण’ साथै सख्त कडा पनि हुनु पर्दछ । जिम्मेवारी उठाउने साहस तथा आफ्नो कामा जोखिम मोल्ने कुरामा उनीहरुलाई प्रोत्साहित गरिनु पर्दछ । पार्टीले आफ्ना क्याडरहरुको क्षमता बढाउनका लागि अभ्यासको माध्यमले अनुभव उपलब्ध गराउने, पेशेबर प्रक्षिक्षण प्रदान गर्ने, ठूलो जिम्मेवारीहरु दिने माध्यबाट उनीहरुको कौशलता बिकास गर्ने, संघर्षको भावना निर्माण गर्ने अनि चूनौतिहरु र कुनै पनि प्रकारका दबाबहरुको सामना गर्नका लागि पार्र्टीले अवसर प्रदान गर्ने छ । यो प्रतिबेदनमा थप भनिएको छ कि जहाँ ‘सुयोग्य मानिसहरुलाई पदोन्नति या तरक्की प्रदान गरिनु पर्दछ तथा असाधारण मानिसहरुलाई पुरस्कृत गरिनु पर्दछ’ त्यही औसत स्तरका मानिसहरुको दर्जा घटाइ दिनु पर्दछ भने अयोग्हरुलाई पदबाट बर्खास्त नै गरिदिनुपर्दछ’ ।
 यस प्रतिबेदनले के सुनिश्चित गर्ने निर्णय पनि लिएको छ भने राज्यको स्वामित्व भएका उपक्रमहरुमा तथा बित्तीय फार्महरुमा पार्टीको नेतृत्वदायी भूमिकालाई सबल बनाइनु पर्दछ, साथै मिश्रित स्वामितव तथा गैर सार्बजाकि उपक्रमहरु ट्रेड यूनिनय एशोसिएशनहरु, प्राज्ञिक संस्थानहरु, बाणिज्य संघहरु, नयाँ प्रकारका अर्थिक तथा सामाजिक संस्थानहरु एबं रोजगारीका नयाँ उपक्रमहरुमा पार्टी निर्माणको कार्यमा अझै ठोस सुधार ल्याउनु पर्दछ ।
 पार्टी भित्र आन्तरिक जनतान्त्रिक प्रकृया तथा पार्टी सदस्यका अधिकारहरुलाई कायम राख्नका साथसाथै पार्टीलाई गुणस्तरीय तुल्याउने निर्णय पनि लिइएको छ । यसका लागि ‘जुन सदस्य पार्टीको मानक स्तरमा खरो उत्रिन सक्दैनन्, तिनीहरुसँग पार्टीले सच्चाई तथा साबधानीकासाथ प्रस्तुत हुनेछ  जसले गर्दा पार्टी सदस्यको उन्नत तथा सत्यनिष्ठ स्वरुप राख्न र अझ अगाडि बढाउन सकियोस्’ ।
 यस बिश्वासबाट निर्देशित भएर नै एउटा कुशल, लोहार(फलामको काम गर्ने सिल्पकार) जस्तैनै भएर त्यस किसिमको जोधाहा योद्धा बन्न र त्यसमा ढालिन सक्तछ,सीपीसीको यो २०औ महाधिवेशनले ‘पार्टी तथा माथिदेखि लिएर तलसम्मको यसको नेतृत्वलाई सबल र सक्षम बनाउने दृढ निश्चय गरेको र निर्णय लिएको छ । यसले गर्दा माक्र्सबादको झण्डा मुनि समाजबादको मार्गमा अग्रसर हुन सकिन्छ’  । यी सबै कुरालाई केलाउँदा चिनीया कम्युनिष्ट पार्टीले माओ बिचारधारलाई कत्तिको आत्मसात गरेको या गर्न खोजेको छ धेरै हदसम्म प्रष्ट हुन सकिन्छ र चिनीयाँ कम्युनिष्ट पार्टीको चिन्तन, चरित्र र ब्यवहारलाई केलाउन र सही निष्कर्श निकाल्न सहयोग लिन सकिन्छ । 
 सीपीसीको २०औं महाधिवेशनले २०५ सदस्यीय केन्द्रिय कमिटीको चुनाव गरेको छ, जसमा १७१ बैकल्पिक सदस्यहरु छन् । यसका साथै १३३ सदस्यीय सीसीडीआईको पनि निर्बाचन गरेको छ । केन्द्रिय कमिटीले तत्पश्चात २४ सदस्यी पोलिट ब्यूरो र त्यसले ७ सदस्यीय स्थाई कमिटीको चुनाव गरेको छ । नब निर्बाचित केन्द्रिय कमिटीको २३ अक्टोबरका दिन भएको बैठकमा शी जिनपिङ्गलाई पुन: पार्टीको महासचिव तथा केन्द्रिय सैनिक आयोगको अध्यक्षमा चयन गरेको थियो ।