बुधबार, भाद्र ३ गते २०८३

जीएम बालीनालीलाई अस्वीकार गर्नु र 'हुँदैन' भन्नु जरुरी 

मंसिर १७, २०७९ शनिबार
जीएम बालीनालीलाई अस्वीकार गर्नु र 'हुँदैन' भन्नु जरुरी 

NOGMO.jpg
लोकनारायण सुबेदी
यता निकै बर्षदेखि बिश्वका अधिकांश जसो किसानहरुको संकटको एउटा ठूलो कारण उनीहरुको आत्मनिर्भरता र स्वाबलम्बनमा ठूलो स्खलन आउनु हो । यसले गर्दा उनीहरु कृषिको कुनै नयाँ प्रबिधिलाई अपनाउनुका साथै रासायनिक कीटनाशक, झारपातनाशक, रासायनिक मलखाद, बाहिरी बिउबिजनका सामाग्रीहरुमाथि अत्याधिक निर्भर बन्न गएका छन् र बनाइदैछन् । उनीहरुले यो परनिर्भरतालाई यस अपेक्षाकासाथ स्वीकार गरेका थिए कि यसले उनीहरुलाई आर्थिक सम्बृद्धिको दिशामा लैजाने छ । तर आरम्भका केही बर्षमा सफलता  जस्तो देखिए पनि  केही बर्षमै उनीहरुको  भूमिको उर्बरतामाथि यी रासायनिक तत्वहरुको बढ्दो प्रतिकूल असर देखिन थाल्यो । अनि थप महँगो प्रबिधिको बोझले हैरान तुल्याउन थाल्यो । बिशेषगरी यसले गर्दा साना किसानहरु त ऋणको भारले ठूलो मारमा पर्दै गए । बालीनालीका नयाँ जातमा लाग्ने नयाँ किसिमका रोगहरु र कीराहरुले पनि अझ बढी उनीहरुलाई हैरान पार्दै लग्यो । 
 एकातिर आधारभूतरुपमा किसानहरु यस्ता नकारात्मक अनुभवहरुबाट गुज्रिरहेका थिए भने त्यही ठूल्ठूला बहुराष्ट्रिय कम्पनीहरुको स्तरमा यस्ता प्रयासहरु चलिरहेका थिए कि किसानहरुमाथि आफ्नो नियन्त्रण अझ बढ्न जाओस् । यसरी नियन्त्रण बढाउने प्रमुख माध्यम र साधन कृषिका बिऊ बिजनलाई बनाइयो । किनभने बिऊमाथिको नियन्त्रणले पूरै खेती–किसानीमाथि नियन्त्रण हुनसक्छ । अत: ठूला कम्पनीहरुले बिऊको क्षेत्रमा आफ्नो नाफाका लागि खुट्टा पसार्न शुरु गरे । पहिला यो बिऊ बिजनको क्षेत्रमा धेरैजसो साना कम्पनीहरु नै देखापर्ने गर्दथे । तर अब बिश्व स्तरका ठूला बहुराष्ट्रिय कम्पनीहरुले त्यस्ता साना साना कम्पनीहरुलाई किन्न शुरु गरे र सबैलाई मातहतमा लिए ।
 जुन ठूला कम्पनीहरु यस क्षेत्रमा आए ती पहिलादेखि नै कृषि रसायनहरु, बिशेषगरी बिषादी कीटनाशहरु झारपात नाशकहरु आदिको उत्पादनमा लागेका थिए । यसरी अहिले बीऊ उद्योग तथा कृषि रसायन उद्योगहरु एउटै किसिमका कम्पनीहरुको हातमा केन्द्रिकृत हुनथाल्यो । यसबाट के खतरा पैदा भयो भने कम्पनीले यस्ता बिऊ बिजन मात्र तयार गर्दछ जुन तिनले प्रयोग गरेका रासयनिकहरु अनुकूल हुन्छन् र यसरी तिनले बिऊ बिजनलाई आफ्ना रसायन बेच्ने माध्यम बनाउँदछन् । बिभिन्न यस्ता ठूला कम्पनीलाई लाग्यो कि आफ्ना बिभिन्न उदेश्यहरु प्राप्त गर्नका लागि जस्तो कि बीऊ बनाउने कुरा त्यो उनीहरुको रासायनिक बिक्रीको अनुकूल होस्, उनीहरुलाई जेनेटिक इञ्जिनियरिङ्गबाट धेरै मद्दत मिल्न सक्छ । अनि ती कम्पनीहरुले जेनेटिक इञ्जिनियरिङ्गमा ठूलो स्तरमा लगानी गर्न आरम्भ गर्दछन् । यही ‘जनेटिक इञ्जिनियरिङ्गबाट प्राप्त बालीनालीलाई संक्षेपमा जीएम(जेनेटिकल्ली मोडिफाइड) बालीनाली भनिन्छ ।

NOGMO.jpg
 जीएम बालीनालीको बिरोधको एउटा प्रमुख आधार के हो भने ती बालीनालीहरु स्वास्थ्य तथा पर्याबरणका दृष्टिले सुरक्षित छैनन्, हुँदैनन् । अनि यसको असर जेनेटिक प्रदुषणको माध्यमले अन्य समान्य बालीनाली तथा बोटबिरुवामा पनि फैलिदै जान सक्छ । यस कुरालाई ‘इण्डिपेण्डेण्ट साइन्स प्यानेल’(स्वतन्त्र बिज्ञान मञ्च) ले बहुत सारगर्भित किसिमले ब्यक्त गरेको छ । यस प्यानलमा जम्मा भएका बिश्वका बिभिन्न देशका प्रतिष्ठित बैज्ञानिकहरु तथा बिशेषज्ञहरुले जीएम बालीनालीका बिषयमा महत्वपूर्ण दस्ताबेज तयार गरेका छन्, जसको निष्कर्शमा उनीहरुले भनेका छन् – ‘जीमए बालीनालीका बारेमा लाभको जुन कुरा गर्ने गरेको थियो त्यो प्राप्त हुनसकेन र भएन  अनि यी बालीनालीले खेतबारीमा बढदो समस्या नै उपस्थित गरिरहेका छन् । अब यस बारेमा ब्यापक सहमति छ कि यस्ता बालीनालीको प्रसार हुँदा ‘ट्रान्सजेनिक प्रदुषण’बाट बच्न सकिदैन । अत जीएम बालीनाली तथा गैर जीएम बालीनालीको सह अस्तित्व हुन सक्तैन’ ।
 सबभन्दा महत्वपूर्ण कुरा अर्को के छ भने जीएम बालीनालीको सुरक्षा या सेफ्टी प्रमाणित हुन सकेको छैन । यसको बिपरीत बरु यस्ता पर्याप्त प्रमाण प्राप्त भइसकेका छन्, जसबाट यी बालीनालीको सेफ्टी या सुरक्षा सम्बन्धि गम्भीर चिन्ता उत्पन्न हुन्छ । यदि तिनको उपेक्षा गरियो भने स्वास्थ्य तथा पर्याबरणको गम्भीर क्षति हुनेछ जसको पूर्ति हुनसक्तैन, जसलाई पुन: ठीक पार्न सकिदैन । जीएम बालीनालीलाई अब सिधै अस्वीकृत गरिनु पर्दछ । यस्तो बालीनालीसँग सम्बन्धित खतराको सबैभन्दा अहम पक्ष कयौ बैज्ञानिकहरुले के बताएको छ भने जुन खतरा पर्याबरमा फैलिने छ त्यसमा हाम्रो नियन्त्रण रहन पाउने छैन अनि ठूलो दुष्परिणाम सम्मुख आउँदा हामीले यसको क्षतिपूर्ति गर्न सक्नेछैनौं । जेनेटिक प्रदुषणको गम्भीरता पत्ता लाग्दा यसका कारणहरुको खोजी गरेर तिनलाई नियन्त्रित गर्न सकिन्छ तर जेनेटिक प्रदुषण जुन पर्याबरणमा  फैलिसकेको हुन्छ त्यो हाम्रो निणन्त्रणबाट बाहिर हुनजान्छ । 
  केही समय पहिला भारतका एक प्रसिद्ध बैज्ञानिक प्रोफेसर पुष्प भार्गबको निधन भयो । उनी भारतको सेण्टर फर सेलेक्यूलर एण्ड मोलिक्यूलर बायोलोजी हैदराबादका संस्थापक निर्देश रहेका थिए र नेशनल नलेज कमिशनका उपाध्यक्ष पनि थिए । उनले यस्ता गम्भीर खतराकाप्रति खाशगरी जीए बालीनालीको खतराप्रति पटक पटक चेतावनी दिएका थिए तीप्रति बहुतै साबधानी बर्तिनु अत्याबश्यक छ भनेका थिए । भारतको सर्बोच्च अदालतले प्रो. पुष्प भार्गबलाई ‘जेनेटिक इञ्जिनियरिङ्ग एप्रुभल कमिटी’(जी.ई.ए.सी.)को कार्यमाथि निगरानी राख्नका लागि नियुक्त पनि गरेको थियो । जस्तो किसिमले जीईएसीले बीटी बैगुन(भाण्टा) लाई हतार हतारमा स्वीकृृत दिएको थियो डा. पुष्प भार्गबले त्यसलाई अनैतिक तथा एउटा बहुत गम्भीर गल्ती बताएका थिए । उनले जेनेटिक रुपले सम्बन्धित (जेनेटिकल्ली मोडिफाइड) अर्थात जीएम बालीनालीको एकदमै स्पष्टरुपले र तथ्यगत आधारमा एकदमै प्रखरतापूर्बक बिरोध गरेका थिए । अनि अर्को कुरा जीए खाद्य पदार्थका बारेमा के पनि सिद्ध भइसकेको छ भने यसबाट मूसाहरुमा क्यान्सर हुने गर्दछ । त्यसै लेखमा उनले अझ स्पष्ट शब्दमा भनेका थिए कि यदि हामी बिज्ञानका लागि प्रतिबद्ध छौं भने तथा आफ्ना नागरिकहरुलाई स्वस्थ भोजन उपलब्ध गराउन प्रतिबद्ध छौ भने हामीले जसरी जीएम भाण्टामा प्रतिबन्ध लगाएका थियौं त्यसरी नै हामीले जीएम सस्र्यौंमाथि पनि प्रतिबन्ध लगाइदिनु पर्दछ र सबै जीम बालीनालीलाई ‘हुन्न’ भन्नु पर्दछ जस्तो कि यूरोपेली संघका १७ देशहरुले भनेका छन् ।
 भरतका ती बिद्वान बैज्ञानिक भार्गबले एउटा अर्को लेख (७ अगस्ट २०१४)मा लेखेका थिए कि ‘झण्डै ५०० अनुसन्धान तथा प्रकाशनहरुले जीएम बालीनालीको मानिस, अन्य जीवजन्तु तथा बोटबिरुवाको स्वास्थ्यमा हानिकरक असर हुने कुरा स्थापित गरेको छ । ती यस्ता बैज्ञानिकहरुको स्थापना हो जसको इमानदारीका बारेमा कुनै प्रश्न उठेको छैन’ । बैज्ञानिक भार्गबले चेतावनी पनि दिएका थिए कि केही मुठ्ठीभर शक्तिशाली ब्यक्तिहरुद्वारा आफ्नो र बहुराष्ट्रिय कम्पनीहरुको हितलाई जेनेटिकरुपमा परिबर्तित(जीए) बालीनालीको माध्यमबाट अगाडि बढाउन चाहन्छन् भने त्यसबाट साबधान रहनु पर्दछ । यस्तो प्रयासको अन्तिम लक्ष कृषि तथा खाद्य उत्पादनमाथि तिनको पूर्ण नियन्त्रण स्थापना गर्नु नै हो भन्ने उनको ठोस निष्कर्श थियो ।