शनिबार, कार्तिक ८ गते २०८३

सहारा नेपाल र मेची सहकारी बने महासंघको एसोसिएट्स सदस्य

मंसिर १६, २०७९ शुक्रबार
सहारा नेपाल र मेची सहकारी बने महासंघको एसोसिएट्स सदस्य

झापाको दुई सहकारीले राष्ट्रिय सहकारी महासंघको एसोसिएट सदस्यता प्राप्त गरेका छन् । महासंघको बिहिबार बसेको बोर्ड बैठकले विर्तामोड, चारपाने झापामा रहेको सहारा नेपाल बचत तथा क्षण सहकारी संस्था र दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सहयोगी सदस्य दिने निर्णय गरेको हो । 

सहारा नेपालमा एक लाख ६० हजार २५ सदस्य आवद्ध छन् भने ४ सय ४५ कर्मचारी कार्यरत रहेका छन् । यसको कुल सम्पत्ति १० अर्बमाथि रहेको छ । त्यसैगरी मेची सहकारीमा १३ हजार ७ सय सदस्य आवद्ध छन् भने यसको कुल सम्पत्ति साढे तीन अर्ब रहेको छ । 

राष्ट्रिय सहकारी महासंघले एक अर्बमाथि कुल पुँजी भएका प्रारम्भिक सहकारी संस्थाहरुलाई सहयोगी सदस्यता प्रदान गर्ने गर्दछ । संस्थाहरु सुसाशित र मर्यादित बनाई अभियानको प्रवर्धन समेत सहभागी गराउने उद्देश्यले एसोसिएट सदस्यता प्रदान गर्ने गरेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिइन् ।