लियुकेमिया तथा अन्य अंग असफल रोगका कारण आज नोभेम्बर ३० तारिख मध्यन्ह बाह्र बजेर १३ मिनेट जाँदा सम्मानित कमरेड ज्याङ जेमिनको ९६ वर्षको उमेरमा शाङहाइमा निधन भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, जन गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रसेको स्थायी समिति, चीनको राज्य परिषद, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति र चिनियाँ केन्द्रीय सैन्य आयोगले उक्त जानकारी प्रकाशन गरेका हुन्।
चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनमुक्ति सेना र चीनका विभिन्न जातीय जनताका लागि कमरेड च्याङ चमिन उच्च सम्मानित नेता, महान मार्क्सवादी, देशभक्त क्रान्तिकारी, राजनीतिक, मिलिटारिस्ट, कुटनीतिज्ञ हुनुहुन्थ्यो । उहाँको अन्तिम संस्कारका लागि चीनका राष्ट्रपति तथा पार्टीका महासचिव शी जिनपिङ्ग प्रमुख रहेको बृहत समिति पनि बनइएकाके छ ।