शुक्रबार, कार्तिक ७ गते २०८३

 सिन्धुली - २ बाट माओवादीका राजन दाहालले खाेले खाता

मंसिर ७, २०७९ बुधबार
 सिन्धुली - २ बाट माओवादीका राजन दाहालले खाेले खाता


गत आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट पहिलो  खाता खोल्न सफल भएको छ ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन्।