शुक्रबार, कार्तिक ७ गते २०८३

आइएमई पे र बीग डिजिटलवीच सहकार्य,  टेलिभिजन सेट किन्दा छुट पाउने

मंसिर ६, २०७९ मंगलबार
आइएमई पे र बीग डिजिटलवीच सहकार्य,  टेलिभिजन सेट किन्दा छुट पाउने

 

आइएमई पे र बीग डिजिटलवीच सम्झदारी भएको  छ । समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,००० फ्ल्याट छुट पाउनेछन् ।

साथै, ग्राहकहरुले रू.  ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्ने कम्पनीले जनाएको छ । यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

“आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट  विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।