शुक्रबार, कार्तिक ७ गते २०८३

आइएमई जनरल इन्स्योरेन्सको ६.८४ प्रतिशत लाभांश प्रस्ताव

मंसिर ६, २०७९ मंगलबार
आइएमई जनरल इन्स्योरेन्सको  ६.८४ प्रतिशत लाभांश प्रस्ताव


आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ का लागि  ६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले कायम चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँको ६.५ प्रतिशत बोनस सेयर वितरण गर्नेछ। यस्तै कर प्रयोजनका लागि ०.३४  प्रतिशतले हुन आउने ५८ लाख २१ हजार रुपैयाँ नगदसहित ६.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

गत वर्ष कम्पनीले ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो। कम्पनी संचालक समितिको सोमबार भएको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष ०७८/७९ को नाफाबाट लाभांश दिने  घोषणा गरेको हो। लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने  कम्पनीले जनाएको छ।