शनिबार, आश्विन १७ गते २०८३

नेपाली काँग्रेसले मुस्ताङबाट खाेल्याे खाता, याेगेश गाैचन थकाली विजयी 

मंसिर ५, २०७९ सोमबार
नेपाली काँग्रेसले मुस्ताङबाट खाेल्याे खाता, याेगेश गाैचन थकाली विजयी 

 

मुस्ताङमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका छन् । काँग्रेसका प्रतिनिधि सभाका उमेदवार योगेश गौचन थकालीले ३९९२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार प्रेमप्रसाद तुलाचनले ३०७८ मत ल्याएका हुन् । तुलाचन ९१४ मतले पराजित भएका हुन् । एकमात्र निर्वाचत क्षेत्र रहेकाे मुस्ताङमा सात हजार दुई सय ३० मत खसेको थियो ।