शुक्रबार, कार्तिक ७ गते २०८३

 आज राति १२ बजेबाट स्थिर समय लागू हुने, यी कार्य गर्न बन्देज

मंसिर १, २०७९ बिहीबार
 आज राति १२ बजेबाट स्थिर समय लागू हुने, यी कार्य गर्न बन्देज


मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुने भएको छ।  आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

यो अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म लागू रहनेछ। मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । 

316108390_6072328262786413_4349723942403171812_n_7kNyraleSh-768x348.jpg