घिमिरे समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । समाजको १६औं स्थापना दिवसको अवसर पारेर संस्थाको प्रधान कार्यालयमा रक्तदान आयोजना गरिएको हो । ऊँ अस्पतालसँगको सहकार्यमा भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेको समाजका अध्यक्ष सम्पत घिमिरेले जानकारी दिए । संस्थाले नियमित रुपमा विभिन्न सामाजिक क्रियाकलाप र रक्तदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा नियमित रक्तदाता झनक राज ढुंगेलले ६९ औं पटक रगत दान गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।