सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले सेयधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँको ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गर्ने जनाएको छ ।