शनिबार, कार्तिक ८ गते २०८३

सन्दर्भ व्याजदर पुनरावलोकन नहुनु दुःखद, ब्याजदर स्वचालित गर्न पाउनुपर्ने महासंघको माग

कार्तिक २८, २०७९ सोमबार
सन्दर्भ व्याजदर पुनरावलोकन नहुनु दुःखद, ब्याजदर स्वचालित गर्न पाउनुपर्ने महासंघको माग

 

राष्ट्रिय सहकारी महासंघले सहकारीको ब्याजदर पनि बजारले नै स्वचालित रूपमा निर्धारण गर्न पाउनुपर्ने माग राखेको छ । सहकारी क्षेत्रको पछिल्लो अवस्थाबारे एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले अभियानको तर्फबाट पटकपटक सन्दर्भ ब्याजदर परिवर्तन गर्न सुझाव दिँदा समेत कुनै सुनुवाइ नहुनु दुःखद भएको जनाएको हो । वित्त बजारमा ठूलो उतारचढाव आउँदा सहकारी क्षेत्रमा सन्दर्भ व्यादरको नाममा लगाइएको क्यापले गर्दा प्रतिकुल अवस्था सिर्जना गरेको जनाएको छ । 

महासंघले तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकनका साथै त्यसलाई क्यापिङका रुपमा नभई स्वचालित बजारदरमा निर्धारण हुने व्यवस्था मिलाउन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग गरेको छ ।

सहकारी संघसंस्थाको वित्तीय जोखिम न्यूनिकरण गर्न आवश्यक सहकारी कर्जा सूचना केन्द्र, बचत था कर्जा सुरक्षण कोष्गा तथा कर्जा असुली न्याधिकरणको अविलम्ब गठन गर्न समेत उसले माग गरेको छ ।  

प्रतिकूलताका बावजुद सहकारी संस्थाहरु नियमित रुपमा सञ्चालन भइरहेको भन्दै महासंघले केन्द्रिय संघ एवं राष्ट्रिय सहकारी बैंकलाई सदस्य संस्थाहरुसँग समन्वय र सहकार्य गरि सहजीकरण गर्न महासंघका अध्यक्ष मीनराज कँडेलकाे आग्रह छ ।