निर्वाचन आयोगले मुलुकभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको जनाएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको आयोगले जनाएको हो ।
प्रतिनिध सभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरेर हरेक निर्वाचन क्षेत्रमा मतदाताले ४ वटा मतपत्रमा मत दिनुपर्ने हुन्छ ।
निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको जनाएको छ ।