
चन्द्रमणि गाैतम
इम्यानुएल क्यान्ट (१७२४–१८०४) जर्मन दार्शनिक हुन्। नैतिक दर्शन र आध्यात्म दर्शनले गर्दा तत्कालीन युरोपमा यिनको ठूलो प्रतिष्ठा थियो । त्यसो त अन्य विधामा पनि क्यान्टको दखल देखिन्थ्यो । भूगर्भशास्त्र, भौतिक खगोलशास्त्र, गणित आदि विषयमा यिनले असाधारण योगदान गरेका छन् ।
४६ वर्षको उमेरमा उनी आफ्ना दर्शनले सुपरिचित भइसकेका थिए । यिनी असाधारण आत्मअनुशासनमा बसेका दार्शनिक थिए, जसका बारेमा अनेकौँ भनाई छन् । जस्तो समयको मामिलामा क्यान्ट यति समयनिष्ठ थिए कि उनी सडकमा हिँडेको देखेर मानिसहरू आफ्ना घडी मिलाउँथे ।
आजीवन अविवाहित यी विद्वान १६ कि.मि. भन्दा टाडाको यात्रा पनि गरेनन् । बेलायतका राजनीतिक दार्शनिक जोन लक (१६३२-१७०४) र फ्रान्सका विधिवेत्ता तथा दार्शनिक मोण्टेस्क्यु (१६८९-१७५५) ले चलाएको वैचारिक जागरणको अभियान एवं युरोपको पुनर्जागरणमा यिनी लगायत फ्रान्सका जाँ जाक रुसो (१७१२-७८), स्कटल्याण्डका डेभिड ह्युम (१७११-७६) बेलायतका जोन लक, अमेरिकाका थोमस जेफर्सन (१७४३-१८२६) र बेञ्जामिन फ्र्याङ्कलिन (१७०६-९०) जस्ता प्रबुद्ध दार्शनिकहरुले विश्वमा नै हलचल ल्याएका हुन् ।
साभार : चन्द्रमणि गाैतमजीकाे मुहार पुस्तिकाबाट