शनिबार, आश्विन १७ गते २०८३

पाँच वर्षभित्र जीडीपी १०० खर्ब, प्रतिव्यक्ति आम्दानी २४०० डलरः एमाले

कार्तिक १५, २०७९ मंगलबार
पाँच वर्षभित्र जीडीपी १०० खर्ब, प्रतिव्यक्ति आम्दानी २४०० डलरः एमाले

 
नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन १०० खर्ब पुर्‍याउने जनाएको छ । आज चुनाव घोषणापत्र सार्वजनिक गर्दै कृषिको व्यवसायीकरण, साना, मझौला तथा ठुला उद्योगको विस्तार, पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गरी १०० खर्बको जीडीपी बनाउने पार्टीले जनाएको हो । ५ वर्षभित्र नेपाल भित्रिने पर्यटकको संख्या  वार्षिक २५ लाख पुर्‍याउने एमालेको योजना छ । त्यसैगरी सो अवधिमा नेपालीको प्रतिव्यक्ति आम्दानी दोब्बर गरी २४०० डलर पुर्‍याउने पार्टीको योजना छ ।

दलले जितेर सरकार बनाउन पाएको खण्डमा पूरा गर्ने २० वटा ग्यारेन्टी समेटिएको एमालेको घोषणा पत्र सोल्टी होटलमा तामझामका साथ अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् । कर्पोरेट शैलीमा गरिएको घोषणामा हंगर नो लंगर, मंसीर ४ एमालेको सरकार, आगामी ५ वर्ष एमालेले गर्छ जस्ता चालु नारा समेटिएको छ ।

समृद्धिको नारा दिँदै आएको एमालले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, सबैको लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, वर्षा याममा ५० युनिट र हिउँदमा ३० युनिट विजुली निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यसैगरी न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने घोषणापत्रमा उल्लेख छ । 

पूर्णपाठ हेर्नुस्