शनिबार, कार्तिक ८ गते २०८३

एकीकृत समाजवादीको घोषणापत्रः ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’ 

कार्तिक १४, २०७९ सोमबार
एकीकृत समाजवादीको  घोषणापत्रः ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’ 


एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै गाउँ सहरमा सहकारीःघरघरमा रोजगारीको अवधारणा लिएको छ । सहकारीलाई नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रूपमा विकास गर्न नेपालका सबै परिवारहरूलाई सहकारी संस्थामा आबद्ध हुन प्रोत्साहित गर्ने र सहकारी संस्थाहरूको क्षमता विकासमा राज्यले सहयोग गर्ने वातावरण बनाई ‘गाउँ सहरमा सहकारी, घरघरमा रोजगारी’ को अवस्था सिर्जना गरिने  उसको घोषणापत्रमा उलेख्य छ । त्यसैगरी सबै साना उत्पादकहरूलाई सहकारी संस्थामा आबद्ध हुन टेवा पु¥याइने भएको छ । 

सहकारीमा आबद्ध जनतालाई प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्न र बेरोजगार व्यक्तिहरूलाई उत्पादनमूलक सहकारीमा आबद्ध भई स्वरोजगारव्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गरिने जनाएको  छ । ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’ अभियान अनुसार प्रत्येक गाउँ टोलमा विभिन्न विषयका सहकारी निर्माण गर्न,ती सहकारीको प्रवद्र्धनमा सरकारबाट सहयोग पु¥याउन र घरघरमा रोजगारीका अवसर वृद्धि गर्न तथा सबै सहकारीलाई बिमा व्यवस्थामा आबद्ध गर्न पहल गरिने एकीकृत समाजवादीको घोषणापत्रमा भनिएको छ । राजनीतिक पार्टीका कार्यकर्ता र विभिन्न जनवर्गीय सङ्गठनहरूमा आबद्ध व्यक्तिहरूलाई उत्पादन सहकारीमा संलग्न भई राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न र आफैंलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गरिने समेत जनाइएको छ ।