शनिबार, कार्तिक ८ गते २०८३

को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको अध्यक्षमा पुनः कोइराला

कार्तिक ६, २०७९ आइतबार
को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको अध्यक्षमा पुनः कोइराला

 

को-अपरेटिभ म्यानेजर्स क्लब, कास्कीको पाँचौं वार्षिक साधारणले अपिल कोइरालाको अध्यक्षतामा नयाँ कार्य(समिति सर्वसम्मत चयन गरेको छ । 

कार्य समितिको उपाध्यक्षमा हरिप्रसाद पन्थी, सचिवमा मोहनप्रसाद अधिकारी, कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी र सह-सचिवमा सन्तोष रानाभाट तथा सदस्यमा निरु थापा, प्रेमसागर अधिकारी, नितास गुरुङ, शंकरप्रसाद पौडेल, दीपक थापा र बेगनाथ पौडेल रहेका छन् । 

क्लबका अध्यक्ष अपिल कोइरालाको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभामा सोही क्लबका संस्थापक अध्यक्ष मिलन ढकाल र पूर्व अध्यक्ष डम्बरसिंह बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै मुलुकको आर्थिक तथा सामाजिक क्षेत्र महत्वपूर्ण योगदान पुर्‍याइरहेको सहकारीको विकास र प्रवर्द्धनमा राज्यका नियामक निकाय र सहकारी अभियान मिलेर अगाडि बढ्नु पर्ने जनाए ।