शनिबार, कार्तिक ८ गते २०८३

छहारी बचत तथा ऋण सहकारीकाे बाह्राैं साधारणसभा, गत वर्ष कमायाे ७६ लाख

कार्तिक २, २०७९ बुधबार
छहारी बचत तथा ऋण सहकारीकाे बाह्राैं साधारणसभा, गत वर्ष कमायाे ७६ लाख


भक्तपुरको गाम्चामा रहेको छहारी बचत तथा ऋण सहकारी आर्थिक वर्ष २०७८।०७९ मा ७६ लाख १६ हजार रुपैया खुद मुनाफा आर्जन गरेको छ ।  

संस्थाको १२औं वार्षिक साधारण सभामा गत असार मसान्तसम्म शेयर सदस्य संख्या ४ हजार ९२५,  शेयर पूँजी २ करोड ९३ लाख, निक्षेप संकलन रु ३० करोड ५७ गरी  कर्जा लगानी रु ३५ करोड १२ लाख रहेको जानकारी दिइएको । 

सभा संस्थाका अध्यक्ष कृष्णहरि खड्काको अध्यक्षता तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाको प्रमुख आतिथ्यतामा सभा भएको हो ।  सभामा सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गको विशेष आतिथ्यता रहेको थियो । 

सभामा बोल्दै प्रमुख अतिथि थापाले छहारी साकोसले आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरिरहेको सेवा र स्थापना भएको छोटो समयमा यसले गरेको प्रगति प्रशंसनीय रहेको बताए । सूर्यविनायक नगरपालिकाले सहकारीहरुसँग सहकार्य गर्न तत्पर रहेको भन्दै सहकारीहरुले शेयर सदस्यहरुको जीवनस्तर उकास्ने काम गर्नुपर्ने उल्लेख गरे । 

अतिथि कैलाशभक्त प्रधानाङ्गले सहकारी संस्था समुदायमा आधारित रहेर सञ्चालन हुनु पर्ने उल्लेख गरे । 

संस्थाका अध्यक्ष खड्काले उक्त संस्थाको सञ्चालक समितिको तर्फबाट गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको गतिविधि तथा चालु आर्थिक वर्ष २०७९।०८०को योजना जानकारी गराए । 

सभामा सोही संस्थाका जेष्ठ सदस्यलाई सम्मान गर्नुका साथै गतसालको एसईई उत्कृष्ट नतीजा ल्याउने छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरी सम्मानित गरिएको थियो ।