शनिबार, आश्विन १७ गते २०८३

भुकम्पकाे तीब्रता ५.९ म्याग्निच्युड, सिन्धुपाल्चाेक नेपाल चीन सीमा केन्द्रविन्दु

कार्तिक २, २०७९ बुधबार
भुकम्पकाे तीब्रता ५.९ म्याग्निच्युड, सिन्धुपाल्चाेक नेपाल चीन सीमा केन्द्रविन्दु

बुधबार दिउँसाे गएकाे भुकम्पकाे तीब्रता ५.९ म्याग्निच्युडको मापन गरिएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

दिउँसो ३ बजेर ७ मिनेट जाँदा नेपाल र तिब्बतको सीमा क्षेत्र सिन्धुपाल्चाेकमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

उपत्यकाका साथै आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएकाे थियाे । भारतीय भूकम्प मापन केन्द्रले ५.१ म्याग्निच्युड रेकर्ड गरेकाे जनाएकाे छ । भुकम्पबाट के कति क्षति पुग्याे भन्ने विवरण आइसकेकाे छैन ।